पाँच किलो सुनसहित पक्राउ



????????????????

रसुवा, (नेस) रसुवागढी नाकाबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवा जिल्लाको गत्लाङ–२ का विरेन लामा रहेका छन्।
चीनको केरुङबाट राजस्व छलेर मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय रसुवा र इलाका प्रहरी चौकी टिमुरेबाट खटिएको टोलीले पक्राउ गरेको हो।

बा६८प ७४५४ नम्बरको मोटरसाइकलको एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा सुन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बताउनुभयो। पक्राउ परेका लामालाई भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्