नगदसहित धनमाल चोरीको आरोपमा श्रेष्ठ पक्राउ



भक्तपुर, ६ पुष ।
नगदसहित धनमाल चोरी गरेको आरोपमा दोलखाका अर्जुनबहादुर श्रेष्ठ पक्राउ परेको छ ।

दोलखा सैलुङ्गेश्वरी घर भई हाल भक्तपुर सल्लाघारी बस्ने श्रेष्ठलाई भाग्दै गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनले प्रयोग गरेका बा ४६ प ७७९१ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

सुर्यविनायक नगरपालिका–१२ चित्तपोल शिवबस्ती बस्ने भगवान खत्रीको घरमा मंगलबार कोही नभएको अवस्थामा उनी समेतका ३ जनाले मुल ढोकाको ताल्चा फोडी नगद १० हजार रुपैयाँ, सुनका बिभिन्न गरगहना गरी करीव २ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको बताइएको छ ।

अन्य व्यक्तिहरु भने फरार रहेको र प्रहरीले उनीहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्