शिवरामको एकल अग्रता



सन्तोष काफ्ले, धरान

नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपन गल्फमा शीर्ष स्थानमा एकल अग्रता लिएका छन्।

निर्वाणा कन्ट्री क्लब एन्ड गल्फ रिसोर्टमा प्रतियोगिताको दोस्रो दिन मंगलबार १ ओभर ६९ स्कोर बनाएर श्रेष्ठ पहिलो स्थानमा रहेका हुन्। पहिलो दिन सञ्जय लामासँग उनले पहिलो स्थान साझेदारी गरेका थिए। श्रेष्ठले ३६ होलपछि २ अण्डर खेल्दै कुल १ सय ३८ स्कोर गरेका छन्।

लामा भने दोस्रो स्थानमा झरेका छन्। दोस्रो दिनको खेलमा ५ ओभर ७५ स्कोर गरेपछि उनी दोस्रो स्थानमा झरेका हुन्। दोस्रो दिनको खेल सकिँदा पार १ सय ४० मा कुल १ सय ४२ स्कोर बनाए।

त्यस्तै नेपालका चौथो नम्बरका व्यावसायिक गल्फर धनबहादुर थापा, रवि खड्का र भुवन नगरकोटी पार १ सय ४० मा समान ३ ओभर खैल्दै कुल १ सय ४३ स्कोरका साथमा तेस्रो स्थानमा छन्।

एमेच्योरतर्फ भने शिवकुमार माझीले आफ्नो अग्रता कायमै राखेका छन्। उनीसँगै शुक्रबहादुर राईसमेत शीर्ष स्थानमा पुगेका छन्। पहिलो दिनको खेलमा २ ओभर ७२ स्कोर बनाएका माझीले दास्रो दिनको खेलमा पनि सोही स्कोर बनाए।

प्रतिक्रिया दिनुहोस्