मायाको कथा



म्युजिक भिडियो कथानक ढंगले कमै बन्छन्। संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत र मनोज थापाको शब्द रहेको गीतमाथि कथासहितको म्युजिक भिडियो बनेको छ।

आधुनिक गीत रहरको यो म्युजिक भिडियोमा राजेन्द्र लुइँटेल, मञ्जिता केसी, कुशल खत्री, रश्मी भट्ट र सुरेन्द्र केसीले अभिनय गरेका छन्। मायामा धन सम्पत्तिले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष तथा कसैको सानो त्याग र सहयोगले मायाका जोडीले पाएको खुसीलाई भिडियोमा देखाउन खोजिएको निर्देशक तथा गीतकार मनोज थापाले बताए। चोभार, बानेश्वर, टेकु तथा कुलेश्वरमा छायांकन गरिएको म्युजिक भिडियोमा अमृत सुनुवारको छायांकन र माधव बेल्बासेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्