सान्ताक्लज पोसाक विवादमा



केन्ट, (एजेन्सी)

बेलायतको एउटा पसलका म्यानेजर १२ हजार पाउन्डको सामान चोरी हुँदा समयमा पुग्न नसकेका प्रहरी नांगा म्यान्किनीलाई सान्ता क्लजको वस्त्र पहिराइएको गुनासो सुनेर हतारिँदै आफ्नो पसलमा पुगेका प्रहरीलाई देखेर छक्क परेका छन्।

सेभेनओक्सस्थित रस्टोन हायरमा अंग प्रदर्शन गरी सान्ताक्ल्सको पोसाक लगाएका म्यान्किनीलाई देखेर एकजना स्थानीय व्यक्तिले प्रहरीसमक्ष गुनासो गरेका थिए। यद्यपि क्रिशमसका लागि पोसाक बेच्ने प्रयोग गरिएका ती म्यान्नेक्विन्सलाई लिएर प्रहरीले कुनै आपराधिक उजुरी दायर गरेको छैन।

केही दिनअघि सोही पसलबाट १२ हजार पाउन्ड पर्ने एउटा चिप्पर मेसिन चोरी हुँदा प्रहरी आइपुगेको थिएन। म्यानेजर रिचर्डले मानिसहरूले वास्तवमा ती म्यान्नेक्विन्ससँग बसेर रमाउँदै सेल्फि खिच्ने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्