रेडबुल फुटसल जारी



काठमाडौं, (नेस)
जारी रेडबुल फुटसल लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा चौर रिक्रिएसनल सेन्टरले आदर्श फुटसललाई ६–४ गोलअन्तरले हराएको छ। चौरको जितमा सन्जोग महर्जनले चार गोल गर्दा उजेन खड्का र सुवास योन्जनले एक–एक गोल गरे। किपर उजेन म्यान अफ द म्याच घोषित भएका थिए। त्यस्तै आदर्शको लागि समीर कार्कीले ह्याट्रिक गरे पनि जित दिलाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्