श्रीलालीगुराँसमा नेतृत्व चयन



काठमाडौं, (नेस)

पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा अमरदास श्रेष्ठ चुनिनु भएको छ। संघको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रामकृष्ण वाराही, सुरेन्द्र भण्डारी र रवि शम्सेर थापा चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा अमृतकुमार अर्याल, ठाकुरप्रसाद न्यौपाने र हजुरी विष्ट निर्वाचित हुनुभएको छ। संघको लेखा समितिको संयोजकमा पुन्यप्रसाद पोखरेल तथा सदस्यहरूमा विद्या पाण्डे र कदमबाबा जोशी प्रधान रहनु भएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्