शेयर बजारको पुँजीकरण साढे



नेपाल समाचारपत्र
काठमाडौं

साताको पहिलो दिन आइतबार शेयर बजारमा उतारचढाव हुँदा नेप्से २९ दशमलव ५४ अंकले झरेर १५७० दशमलव ९५ अंकमा रोकिएको छ।

यस दिन १ सय ३७ कम्पनीको १० लाख ८० हजार ७ सय ७६ कित्ता शेयर ५ हजार ८० पटक किनबेच हुँदा ७५ करोड ५३ लाख ६८ हजार ७ सय ६१ रुपियाँको कारोबार भएको छ। साथै यस दिन समग्र बजार पुँजीकरण १७ खर्ब ४७ अर्बमा झरेको छ।

राजनीतिक उतारचढावको प्रभाव पुँजी बजारमा पनि परेका कारण आइतबार शेयर बजार खुलेदेखि नै ओरालो लाग्न शुरू भएको थियो। बजारमा खरिदकर्ता देखिए पनि नेप्से ओरालो लाग्नबाट जोगिएन। बीचमा केही सम्हालिन लागेको थियो। तर, कारोबार बन्द हुने बेलासम्म करिब ३० अंकले परिसूचकमा गिरावट आइसकेको थियो।

समग्र नेप्से ओरालो लागे पनि। होटल र उत्पादन समूह बढेका छन्। यस दिन होटल समूह २ दशमलव ९ प्रतिशत, उत्पादन समूह शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ। आइतबार सबैभन्दा धेरै बीमा समूह ३ दशमलव ५६ प्रतिशतले घटेको छ। यस्तै जलविद्युत् समूह २ दशमलव २१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। आइतबार कारोबारका आधारमा एभरेस्ट बैंक अगाडि रहेको छ। बैंकको ५ करोड ६८ लाखको शेयर कारोबार भयो। त्यस्तै सिद्धार्थ बैंक, मेगा बैंक र शिखर इस्योरेन्स पनि कारोबार रकमका आधारमा अग्रस्थानमा रहेका छन्।
यस दिन हाम्रो विकास बैंक, अरुण फाइनान्स, जेविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। त्यस्तै ‘क⁄ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि आइतबार ६ दशमलव ६४ अंकले घटेर ३ सय ३९ दशमलव ८० अंक कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्