फागो हेटौंडा मिस कलेज



हेटौंडा, (नेस)। द लुक्स फेसन होम हेटौंडाको आयोजनामा हेटौंडामा भएको मिस कलेज हेटौंडा–२०१६ को ताज हेटौंडा–१, चौकीटोलकी सोफिया फागोले पहिरिएकी छिन्। मकवानपुर बहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत फागो ट्यालेन्ट हन्टका अन्तिम ९ प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस कलेज हेटौंडा–२०१६ को ताज पहिरिन सफल भएकी हुन्।

प्रतियोगितामा हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी अमिता श्रेष्ठले मिस क्याट वाकसहित फस्ट रनर्सअपको उपाधि जित्दा मकवानपुर बहुमुखी क्याम्पसकी सञ्जु पराजुलीले मिस कन्फिडेन्टसहित सेकेन्ड रनर्सअपको उपाधि जितिन्।

प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसकी सुबिना श्रेष्ठ मिस हेल्दीहेयर, हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी गृष्मा शिवाकोटी मिस क्रियटिभ, मकवानपुर बहुमुखी क्याम्पसकी सन्ध्या महर्जन मिस बेस्ट डान्स, नारायणी कलेजकी टीना शाह ठकुरी मिस पर्सनालिटी, मकवानपुर बहुमुखी क्याम्पसकी दीपिका थापामगर मिस ट्यालेन्ट र मकवानपुर बहुमुखी क्याम्पसकै रचना मैनालीले मिस डिसिप्लिन उपाधि हात पारे।

प्रतियोगितामा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष नन्दरत्न स्थापित, मिस कल्चर २०१० तथा कोरियोग्राफर सुरक्षा गुरुङ तथा सुनिता लुइँटेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए। द लुक्स फेसन होम मकवानपुरका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रम मध्यपृतना मुख्यालयका प्रमुख सेनानीद्वय अशोक खाँड र सुशील सिंह, मउवा संघ अध्यक्ष राजकुमार न्यौपाने, फिल्म निर्देशक उपेन्द्र उप्रेती, राइडर्स क्लब मकवानपुर अध्यक्ष दीपेन्द्रचन्द ठकुरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्