ज्यान बचाउन भाइ–बहिनी विवाह



बैंकक, (एजेन्सी)

पूर्वजन्ममा पनि निकै आत्मीय रहेको विश्वास गरिएका थाइल्यान्डका तीन वर्ष उमेरका एकजोडी जुम्ल्याहा भाइबहिनीलाई दुर्भाग्यबाट जोगाउने उद्देश्यले परम्परागत ढंगले विवाह गराइएको छ।

मध्य थाइल्यान्डको आंग थोंग प्रान्तमा भाइ–बहिनी तिकातात र ताविसा हिरामेकावानितबीच धार्मिक विधिअनुसार विवाह गराइएको हो। तिनका अभिभावकले ती दुई पूर्वजन्ममा प्रेमी–प्रेमिका रहेको र तिनीहरूको दुःखद विछोड भएको विश्वास गरेका छन्।

ती बाल दुलहा र दुलहीका आमा सासी हिरामेकावानितले तिनीहरूलाई सदाका लागि बन्धनमा बाँध्न यो विवाह गराइएको बताएकी छिन्। तिनीहरूले विवाहका लागि परम्परागत थाई पोसाक लगाएका थिए।

तिनीहरूका आमाले यदि तिनीहरूको विवाह नगराइएको खण्डमा एक जनाको मृत्यु हुने बताएकी छिन्। तिनीहरू दुवै तीन वर्ष र चार महिना पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्