हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा ग्लोबल क्यापेनिङ शुरू



काठमाडौं, (नेस)

नेपालमा पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा ग्लोबल क्यापेनिङ शुरू गर्ने भएको छ। ‘एक्सपेरियन्स नेपाल’ भन्ने नारासहित बोर्डले विश्वका दर्जनौं बैंकमा नेपालको पर्यटन प्रवद्र्धनात्मक अभियान शुरू गर्न लागेको हो।

व्यापार मेला, अफलाइन र सोसियल मिडियामार्फत बोर्डले पर्यटन प्रवद्र्धन गर्ने छ। यसका लागि बोर्डले फ्रान्स, बेलायत र जापानमा हरेका नेपाली दूतावाससँगको सहकार्यमा हिमालयन बैंक र अमेरिकन एक्सप्रेससँगै नेपालको पर्यटन प्रवद्र्धन गर्नेछन्। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँगको सहकार्यले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्