संशोधन प्रस्तावले मुलुक भिडन्ततर्फः एमाले



काठमाडौं, (नेस)

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गरेको संविधानको दोस्रो संशोधनप्रति एमालेले दुर्भाग्यपूर्ण निर्णय भएको टिप्पणी गरेको छ।
एमालेका प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले ठूला तीन दलबीच सहमतिबिना आएको संशोधन प्रस्तावले मुलुकलाई भिडन्ततर्फ उन्मुख गराउन खोजेको बताउनुभएको छ।

मन्त्रिपरिषद्ले संविधान संशोधन गर्ने निर्णय भनेको मधेसलाई सबै प्रदेशबाट अलग गराउने ग्राण्ड डिजाइन भएको बताउँदै सचिव भट्टराईले यो संशोधन राजनीतिक दाउपेचको आधारमा आएको बताउनुभयो।

सिमांकन छुटइउने जुन काम भएको छ, यसको एमालेले सशक्त प्रतिरोध गर्ने र यसलाई संसद्बाट अनुमोदन हुन नदिने सचिव भट्टराईले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै संशोधनले महिलाको प्रतिनिधित्वलाई घटाउने काम गरेको र महिलामाथि नै अपमान गरेको हुँदा यो एमालेका लागि स्वीकार्य नभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्