काठमाडौं उपत्यकाको अध्ययन प्रतिवेदन सार्वजनिक



नेपाल समाचरापत्र
काठमाडौं
काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा ‘उर्वान ग्रोथ ट्रेन्ड्स एन्ड मल्टी हजार्ड्स इन द काठमाडौं भ्याली’ नामक अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ।

शहरी विकास मन्त्रालयको समेत संलग्नतामा सन् २०१२ र २०१३ मा गरिएको अध्ययनमा प्राप्त कुराहरू प्रतिवेदनमा समेटिएको छ। प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सो प्रतिवेदन अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै शहरी योजनाकार, इन्जिनियर तथा शहरी विकाससम्बन्धी खोज तथा अनुसन्धान गर्ने सबैलाई सो प्रतिवेदनलाई महत्त्वपूर्ण स्रोतका रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्