अयोग्य हुने डर



एकताका संविधान बनाउने सभाका लागि दलहरुले आन्दोलन गरेको धरहरालाई याद छ। संविधानसभाको निर्वाचन पनि भयो। त्यसपछि संविधान कस्तो बनाउने भनेर दलहरुले आन्दोलन गरेको पनि यसलाई याद छ। बनाइसकेपछि संविधान ठीक भएन भनेर आन्दोलन मात्रै होइन छिमेकतिरको नाका नै बन्द गरिएको पनि यसलाई थाहा छ। अहिले त्यो संविधानलाई संशोधन गर्ने र नगर्ने भन्ने विषयमा विवाद छ र सायद एकथरी फेरि आन्दोलनमा उत्रिने सम्भावना रहेको छ।

विचित्रको होइन त पाठकबृन्द यो संविधान भन्ने शब्द? जनतालाई यसकै जालमा हाल्यो, उल्लु बनायो। अरु देशहरु कहाँबाट कहाँ पुगिसके ? चन्द्रमामा बस्ती बसाउने सोच बनाइरहेका छन्। तर , हाम्रो देशमा हेर्नु त त्यही संविधान रुपी शब्दलाई उल्टोपाल्टो बनायो। आफ्नो सेवा सुविद्या बढायो। खाइखेली गर्यो। जनतालाई दुःख दियो। विकास गर्नलाई कहाँबाट संविधानले रोक्ने हो र ? संशोधन गर्नुपर्छ र पर्दैन भन्ने दलहरुले जनताका दैनन्दिन समस्या सम्बोधन गर्ने गरी काम गरुन् न उनीहरुले भनेअनुसार संविधान संशोधन एक्लै गर्ने हैंसियतमा निर्वाचित गरेर पठाइदिन जनता तयार छन्। तर, काम पनि नगर्ने अनि जे भन्यो त्यही हुनुपर्ने ?
जनताको मतको पनि बेवास्ता गर्ने। अनि धम्की पनि दिइरहने। विचित्रको रहेछ है राजनीति त ? धरहरालाई पनि राजनीति गरुम् कि जस्तो लाग्न थालिसक्यो। तर, यसलाई ढाँट, छल,फट्याइँ र धुत्र्याइँ गर्न आउँदैन।अयोग्य पो भइने हो कि पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्