इनोभेटिभ र टीआईए क्वाटरफाइनलमा



काठमाडौं, (नेस) इनोभेटिभ र टीआईए ११औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गल्फुटार सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिक उच्च माविको कोर्टमा भएको छात्रतर्फको प्रि–क्वाटर फाइनल खेलमा इनोभेटिभले आयोजक भ्याली पब्लिकलाई ३९–३५ स्कोरले पाखा लगाएयो। इनोभेटिभलाई जिताउन साहन महर्जनले १८ स्कोर गरे। अर्को खेलमा टीआईएले त्रिज्योतिलाई १८–२० स्कोरले पाखा लगायो।

छात्रतर्फ नै एञ्जल हर्ट, ज्ञाननिकेतन, एचएचसीए, ओडिसी, माउण्ड कैलास र वल्सनले आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एन्जलहार्टले नेरिकलाई ५३–४८ स्कोरले हराउँदा शैलेश कँडेलले १८ अंक बटुले। त्यसै गरी मनिष तामाङ र अनिश श्रेष्ठको १२÷१२ स्कोरको मद्दतले ज्ञान निकेतनले बसुन्धारा एकेडेमीलाई ४७–३० स्कोरले हरायो। एचएचसीएले गोल्डेन पिकलाई ३९–३६ ले हराउँदा ओडिसीले ग्रिनल्याण्डलाई ३९–३७ ले रोक्यो। विल्सनले सैनिक महाविद्यालयलाई २७–१७ ले हरायो। माउण्ड कैलाशले एआईएलाई ३२–२३ ले हरायो।

प्रतिक्रिया दिनुहोस्