नेपाल बैंक ८०औं वर्षमा प्रवेश



कँठमँडँैं,(नेस) नेपाल बैंक ८०औं वर्षमा प्रवेश गरेको छ। नेपालमा संस्थागत बैंकिङ विकासको लागि परम्परागत बैंकिङ सेवाबाट शुरूआत नेपाल बैंकबाट शुरू भएको थियो।

हाल यस बैंकको शेयर पुँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीहरूको ३७ दशमलव ७९ प्रतिशत कायम भई जम्मा चुक्ता पुँजी शेयर ६ अर्ब ४९ करोड रुपियाँ रहेको छ। गत असोज मसान्तसम्ममा पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको छ।

बैंकले प्रथम त्रैमासमा १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ। साथै ८६ अर्ब २२ करोड निक्षेप तथा ६६ अर्ब ३ करोड कर्जा प्रवाह भएको छ। बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ। हाल बैंकले १२६ वटा शाखा रहेको छ।

प्रतिक्रिया दिनुहोस्