एनबीआईको अध्यक्षमा पुनः ज्योति



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) को १०औं वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ। साधारणसभाले अध्यक्षमा पद्म ज्योतिलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। एनबीआई उपाध्यक्षमा कुशकुमार जोशी, महासचिवमा सुरेन्द्रवीर मालाकार र कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्। त्यसैगरी सचिवद्वयमा सुरेश प्रधान र सरोज पाण्डे तथा सहकोषाध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरूमा डा. बाबुराम पोखरेल, एलपी साँवा लिम्बु, गोपीकृष्ण न्यौपाने, बच्चुनारायण श्रेष्ठ, दीपक मलहोत्रा, राजेश खड्का, अरनिको राजभण्डारी, जयराम लामिछाने, होमनाथ उपाध्याय, उमेशलाल श्रेष्ठ, राजेशबाबु श्रेष्ठ, शिवप्रसाद घिमिरे, रवीन्द्रमान सिंह र लता प्याकुरेल निर्वाचित भएका छन्। नेपालमा असल व्यावसायिक अभ्यास प्रवद्र्धनलाई अझ सशक्त बनाउन दोस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्ने तथा जिम्मेवार व्यवसाय सम्बन्धी कानुनहरूको कार्यान्वयन गराउन पहल गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

‘निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने कानुनहरू जस्तै आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीति र केही समय अघि संसद्बाट पारित औद्योगिक व्यवसाय ऐन २०७३ को विधेयकका केही पक्षहरूमा स्पष्टता जरुरी छ भने उद्योगी व्यवसायीहरूलाई पनि यस विषयमा प्रशिक्षण अत्यावश्यक भएकोले यस सम्बन्धी थप कामहरू गर्नेछौं।’ पहलका अध्यक्ष ज्योतिले भन्नुभयो।

नवनिर्वाचित उपाध्यक्ष कुशकुमार जोशीले नेपालमा औद्योगिक वातावरण बन्न नसकेको कारण उद्योगमा भन्दा व्यापारमा बढी लगानी आकर्षण देखिएको छ। औद्योगिक वातावरण निर्माण गर्न निजी क्षेत्रको प्रयासलाई थप सशक्त बनाउनेतर्फ केन्द्रित भई कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।

त्यस्तै महासचिव सुरेन्द्रवीर मालाकारले भूकम्प र नाकाबन्दी पश्चात लगानी गर्ने वातावरण तहसनहस भएको छ। राजनीतिक उतार चढावले पनि अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ।
यस्तो प्रतिकूल परिस्थितिमा उद्योगी व्यवसायीहरूलाई टेवा दिने र मनोबल वृद्धि हुने किसिमका कार्यक्रम ल्याउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्