सारंगा अमेरिकामा सम्मानित



लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेतृ सारंगा श्रेष्ठ अमेरिकामै सम्मानित भएकी छिन्। अमेरिका बस्दै आएका नेपाली समुदायका साथै अमेरिकी नागरीकलाई समेत १६ वर्षदेखि नृत्य प्रशिक्षण दिँदै आएकी सारंगाको योगदानको कदर गर्दै बाल्टिमोर कम्युनिटीले उनलाई सम्मान गरेको हो। आफूलाई यो सम्मानले आगामी दिनमा नेपाली समुदायका लागि अझ राम्रो काम गर्न उत्प्रेरणा दिएकोमा खुसी व्यक्त गर्दै सारंगाले यो खुसी आफ्नो परिवार र देशप्रति समर्पण गर्न चाहेको बताएकी छिन्। ‘यस सम्मानका लागि ≈यारी भण्डारीलाई धन्यवाद। यस बेला म मेरो गुरु वसन्त श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई सम्झन चाहन्छुु।’ –सारंगाले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्