मिडिया बहस: स्वतन्त्रता कि मर्यादा



चिरञ्जीवी मास्के
पछिल्लो समय पत्रकारितामा स्वतन्त्रताको बहस चर्को ढङ्गले उठिरहेको छ। फौजदारी संहितामा रहेको प्रेससँग सम्बन्धित बुँदाले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने आरोप लागिरहेको छ। प्रेससँग सम्बन्धित संघसंस्थाले मात्र हैन, प्रमुख विपक्षी नेपाली कांग्रेसलगायतका सत्ताइतरका राजनीतिक दलहरूले पनि अहिले सरकार प्रेस विरोधी रहेको भन्दै चर्को आलोचना गरिरहेका छन्।

अनि सरकार सञ्चालक नेपाल कम्युनिस्ट पार्टी नेकपा र सरकारका मन्त्रीहरूले भने प्रेस स्वतन्त्रतासँगै मर्यादाको कुरा पनि बहसको विषय बन्नुपर्ने तर्क गरिरहेका छन्। अर्थात् पत्रकारितामा स्वतन्त्रतासँगै मर्यादा पनि जोडिनुपर्ने उनीहरूको भनाइ छ। प्रेस मर्यादित भयो भने स्वतन्त्रतामा कुनै सकस नहुने सरकार तथा सरकार सञ्चालक दलको तर्क छ।

अब सवाल उठ्छ प्रेस अर्थात् पत्रकारितामा स्वतन्त्रतासँगै मर्यादा आवश्यक छ कि छैन रु अनि पत्रकारिता मर्यादित भयो भने स्वतन्त्रता हनन हुँदैन त रु यसको जवाफ त्यति सहज छैन। किनभने स्वतन्त्रता खोज्नेले आफूलाई सधैँ मर्यादित ठानिरहेका छन् अनि मर्यादाको बहस गर्नेले स्वतन्त्रतामा कहिल्यै अङ्कुश नलगाएको दाबी गर्छन्।

प्रेस स्वतन्त्रता र मर्यादाको बहसमा सर्वप्रथम नेपालको पत्रकारिताको अवस्थालाई विश्लेषण गर्नु जरुरी हुन्छ। नेपालको पत्रकारिता स्वतन्त्र छ कि छैन भन्ने कुरा नेपालका राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइन, टेलिभिजनहरूमा प्रकाशित/प्रसारित समाचारको विश्लेषण गर्दा प्रस्ट हुन सक्छ। राणाकाल र पञ्चायती काललाई छोड्ने हो भने आजको मितिसम्म नेपालको पत्रकारिता स्वतन्त्र छ भन्दा अन्यथा हुँदैन। किनभने मुलुकमा प्रजातन्त्र या लोकतन्त्रको उपयोग कसैले अधिक मात्रामा गरेका छन् भने त्यो नेपालको पत्रकारिता क्षेत्रले नै गरेका छन्, लेख्ने र बोल्ने कुरामा।
नेपालमा प्रकाशन÷प्रसारण भैरहेका पत्रपत्रिका, अनलाइन र टेलिभिजनका समाचारहरू यदाकदा यति धेरै स्वतन्त्र हुन्छन् कि ती समाचारहरू पत्रकार आचारसंहिताभित्र बाँधिनसमेत रुचाउँदैनन्।

ती समाचारहरूले व्यक्तिको गोपनीयताको हकलाई नै हनन गरिरहेका हुन्छन्। विशेष गरी अहिलेका धेरै अनलाइन पत्रिका र अनलाइन टेलिभिजन आवश्यकताभन्दा बढी स्वतन्त्र मात्र हैन, छाडासमेत बनेका छन्। समाचारसँग सम्बन्धित व्यक्तिको घरमै पुगेर प्रत्यक्ष स्थलगत रिर्पोटिङ गर्ने त्यस्ता अनलाइन टेलिभिजनहरूले मानिसको घरबार नै बिगारिदिएको उदाहरणसमेत पाइएको छ। अब यसलाई स्वतन्त्र मान्ने कि नमान्ने रु त्यस्ता समाचारमा पक्ष बनेकाहरूको लागि त त्यो वास्तविक पत्रकारिता ठहरिन्छ तर जो समाचारको विपक्ष बनिरहेका हुन्छन् उनीहरूको घरबार नै बरबाद भएको पाइन्छ। भोलि समाचारको विपक्ष बनेका मानिसले त्यस्तो गल्ती नगरेको ठहरिएमा उसको क्षतिपूर्ति कसरी हुन सक्छ रु के यो कुरा समाचारदाता या मिडिया सञ्चालकले सोच्ने गरेका छन् त रु पक्कै त्यस्तो देखिँदैन÷पाइँदैन। अनि धेरै अनलाइन पत्रिकाहरूले छाडातन्त्रलाई प्रश्रय दिइरहेका उदाहरण पनि छन्। अनलाइनमा प्रकाशित समाचारहरू सत्य त हुँदैनन नै, थोरै मर्यादा पनि राखेको पाइँदैन। यस्तो अवस्थामा स्वतन्त्रताको बहस जायज हो कि मर्यादाको बहस जायज ?

विश्वका जुनसुकै मुलुकमा पनि पत्रकारिता सधैँ सत्ताको विपक्षमा हुन्छन्। नेपालमा पनि स्वाभाविक रूपमा त्यही सिद्धान्त लागू हुन्छ र भएका छन्। सरकारको प्रतिपक्ष हुने भएकाले सकेसम्म पत्रकारिता क्षेत्रलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोज्ला। र, मिडियाले पनि सत्ताको विपक्षमै कलम चलाउनुपर्छ, किनभने राष्ट्र र जनताप्रति सत्ता नै बढी जिम्मेवार हुनुपर्छ अनि गल्ती पनि सत्तापक्षले नै बढी गरिरहेको हुन्छ। यस्तो अवस्थामा मिडियाले पनि सत्ताको विरोध गर्न सकेन भने त्यो बढी नै निरंकुश हुन्छ। तर विरोधको नाममा मर्यादाकै ख्याल नराख्ने हो भने त्यो पत्रकारिता हैन, पित पत्रकारिता हुँदै पत्रुकारिता बन्न पुग्छ। मिडियाले सत्ताको विरोध गर्दा नीतिगत कुरालाई ध्यान दिनुप¥यो। र, आलोचना मर्यादित तथा रचनात्मक हुनुप¥यो। आलोचनाको नाममा भर्खरै आफूले सही भनेको कामलाई पनि गलत ढङ्गले व्याख्या गर्ने र सत्ताको प्रतिपक्षले गरेको गलत कामलाई पनि प्रोत्साहित गर्ने प्रवृत्ति मिडियामा हाबी भयो भने त्यसले समग्रमा राष्ट्रलाई नोक्सानी हुनेछ।

सत्ताको प्रतिपक्ष हुने नाममा मिडियाहरू त्यति बेला अराजक, बेलगाम र छाडा बन्छन्, जति बेला मिडियामा मर्यादाको महत्व रहँदैन। त्यसैले पनि मिडियामा स्वतन्त्रतासँगै मर्यादाको पनि आवश्यकता हुन्छ। मिडियाको स्वतन्त्रताले केवल मिडियालाई मात्र फाइदा गर्दैन, त्यसले समग्र राष्ट्रलाई सही दिशामा अगाडि बढाउन र गतिशील बनाउनसमेत भूमिका खेल्छ। स्वतन्त्रताका नाममा मिडियाहरू अमर्यादित बन्दै जाँदा व्यक्ति, समाज र राष्ट्रले नै दुःख पाउने अवस्था बन्छ।

अहिलेको सन्दर्भलाई हेर्दा मिडियाले ९विशेष गरी अनलाइन र अनलाइन टिभीहरूले० कतिपय अवस्थामा राजनीतिलाई, समाजलाई र संस्कृतिलाई नै उत्तेजित पार्ने गरी समाचारहरू प्रकाशन÷प्रसारण गरिरहेका छन्। यसले समग्रमा सत्तालाई मात्र हैन, राष्ट्रलाई नै नोक्सान गरिरहेको छ। सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको विषय होस् या सिके राउतसँग सम्झौता गरेको विषय होस्। मिडियाले यी दुवै विषयलाई आवश्यकताभन्दा बढी प्राथमिकता र उत्तेजित बनाएको देखिन्छ।

सरकारले विप्लव माओवादीलाई प्रतिबन्ध लगाउनु ठीक थियो कि थिएन या अहिले नै प्रतिबन्ध लगाउनुपर्ने अवस्था बनेको हो कि हैन रु त्यसको विश्लेषण गर्नु एउटा पक्ष हो। तर त्यही विषयलाई मिडियामा उत्तेजित ढङ्गले प्रस्तुत गर्दा त्यसले समस्या समाधान गर्नुको सट्टा बल्झाउने कामचाहिँ गर्छ। त्यसै गरी सिके राउतसँग सरकारले गरेको सम्झौताको विषय पनि मिडियाले अनावश्यकरूपमा हाउगुजी बनाइदिएको छ। विखण्डनको नारा दिएर अगाडि बढेको सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउनु सरकारको गल्ती हो कि हैन रु के यसमा मिडियाले विचार पु¥याउनुपर्ने विषय हैन रु सम्झौता भएको विषयलाई अनावश्यकरूपमा आशंका गर्ने र आमरूपमा दिग्भ्रमित पार्ने गरी समाचार प्रकाशन÷प्रसारण गर्नु पत्रकारिताको धर्म हो त ?

पत्रकारिताले आमरूपमा मुलुकको समस्या समाधानमा भूमिका खेल्नुपर्छ। राजनीतिक स्थायित्व, सामाजिक सद्भाव, सांस्कृतिक सद्भाव, मुलुकको विकास र समृद्धिमा पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ। नेपालको सन्दर्भमा संघीय गणतन्त्र नयाँ राजनीतिक व्यवस्था हो। मुलुक नयाँ राजनीतिक व्यवस्थाको स्थायित्वमा लागिरहेको अवस्थामा पत्रकारहरूले कतिपय विषयलाई उत्तेजित ढङ्गले प्रस्तुत गर्दा अवस्था प्रतिकूल बन्न पुग्छ। त्यसैले पत्रकारले आफ्नो मर्यादाको ख्याल गर्दै विषयवस्तुको गम्भीरतालाई मनन गरी समाचार प्रकाशन÷प्रसारण गर्नु उपयुक्त हुन्छ। अथवा पत्रकारले मर्यादाको ख्याल ग¥यो भने अरू सबै विषय त्यही भित्र जोडिएर नै आउँछन्। जहाँ मर्यादा प्राथामिकतामा रहन्छ त्यहाँ उत्तेजनाको सम्भावना रहँदैन।

यसको अर्थ नेपालको पत्रकारिता पूर्णरूपमा उत्तेजित या भनौं आचारसंहिता विपरीत छ त रु त्यसोचाहिँ पक्कै हैन। राष्ट्रिय स्तरका पत्रपत्रिका, अनलाइन र टेलिभिजनहरूले मुलुकको ऐन कानुन तथा पत्रकार आचारसंहिताअनुसार नै आफ्ना समाचारहरू प्रकाशन÷प्रसारण गरिरहेका छन्। तर विडम्बना के हो भने, अधिकतम मिडियाले मर्यादालाई ख्याल नगर्दा राष्ट्रिय मूलधारका मिडियाहरूले समेत दुःख खेप्नुपरिरहेको छ, बद्नामी सहनुपरिरहेको छ। त्यसैले पनि स्वतन्त्रता हनन नहुने गरी मर्यादाको अधिकतम ख्याल गर्नै पर्छ। र, मर्यादाको दायरामा रहन मिडिया सञ्चालक, मिडियाकर्मी आफैं सचेत बन्नुपर्छ।
मिडियामा आउने समाचारहरूको सत्यतथ्य जाँच गर्ने र आचारसंहिताको दायरामा ल्याउने काम प्रेस काउन्सिलको हो। मिडिया सभ्य, मर्यादित र तथ्यमा आधारित हुनुपर्छ। व्यक्तिको गोपनीयता हनन गर्ने अधिकार कसैलाई पनि छैन। कुनै मिडियाले समाजलाई उत्तेजित गर्ने, धार्मिक एवं सांस्कृतिक विवाद र राष्ट्रलाई विखण्डन गर्ने तथा व्यक्तिको गोपनीयता हनन गर्ने समाचार प्रकाशन/प्रसारण ग¥यो भने त्यसलाई नियमन गर्ने र व्यक्तिको गोपनीयता तथा स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको हो। तर सरकारले आफ्नो दायित्व निर्वाह गर्ने नाममा मिडियामा हस्तक्षप गर्ने, पत्रकारहरूलाई अनावश्यकरूपमा धडपकड गर्नेजस्ता काम भने स्वीकार्य विषय हुन सक्दैनन्।

कुनै पत्रकारले अपराध गर्छ भने उसलाई प्रहरी कार्वाही आवश्यक हुन्छ तर समाचार लेखेकै भरमा भने प्रहरी लगाएर धडपकड गर्नु पूर्णतः गलत हुन्छ। समाचारको विषय जोडिएको छ भने छानबिन गर्ने, हाजिर हुन बोलाउने र कार्वाही गर्ने अधिकार प्रेस काउन्सिलसँग हुनुपर्छ। मिडियाले मर्यादा उल्लंघन गर्दा प्रक्रियागत ढङ्गले प्रेस काउन्सिलले कार्वाही गर्ने अवस्था बन्यो भने प्रेस स्वतन्त्रता हनन पनि हुँदैन र प्रेसलाई मर्यादामा रहन दबाबसमेत बन्छ।

प्रतिक्रिया दिनुहोस्