वीरगन्जको सडकमा बिद्यार्थी र प्रहरीबीच झडप, केहि विद्यार्थी घाइते



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जनमा बुधबार प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरी बिच झडप हुँदा चारजना विद्यार्थी घाइते भएका छन् ।

प्रधानाध्यापकको सरुवाबाट असन्तुष्ट माइस्थान विद्यापिठ माविका विद्यार्थी बुधबार वीरगन्जनमा प्रदर्शनको क्रममा तोडफोड र प्रहरीमाथि ढुङगामुढा गर्नथालेपछि झडप भएको हो ।झडपको क्रममा प्रहरीको लाठी चार्जबाट चारजना विद्यार्थी घाइते भएका छन् भने विद्यार्थी ढुंगा प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् ।

झडपमा माइस्थान विधापिठ माविको कक्षा १० मा अध्ययनरत सोनु सिंह, रोहित चौरसीया , नितेश यादव र राहुल सिंह तथा प्रहरी जवान मुकेश यादव घाइते भएका हुन् ।

उनीहरु सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ ।वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापक विनोद मेहताको पूर्वाग्रही ढंगले सरुवा गरेको आरोप लगाउँदै गत शुक्रबारदेखि सडक प्रदर्शनमा उत्रिएका माइस्थान विद्यापिठ माविका विद्यार्थीले बुधबार पनि बिहान साढे ८ बजे देखि नै सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

लठ्ठी र भाठा बोकर विधालय पोशाकमै सडकमा उत्रिएका विद्यार्थीले बिहान आफ्नै विद्यालयको गेटमा समेत तोडफोड गरेका छन् । त्यसपछि महानगरपालिकाको कार्यालयमा जाने क्रममा प्रहरीले बाटोमै रोकेपछि प्रदर्शनकारी विद्यार्थीले हरिखेतान बहुमुखी क्याम्पसमा पुगेर तोडफोड गर्ने प्रयास गर्दा प्रहरीले रोक्ने क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

वीरगन्ज महानगरपालिकाको शिक्षा शाखाले वीरगन्जका आठजना प्रअहरुको एकसाथ सरुवा गरेपछि प्रअहरुले बिद्यार्थी उचालेर सडक अवरुद्ध बनाएको आरोप भने मेयर बिजय सरावगीले लगाएका छवीरगन्ज महानगरपालिकाको शिक्षा शाखाले वीरगन्जका आठजना प्रअहरुको एकसाथ सरुवा गरेपछि प्रअहरुले बिद्यार्थी उचालेर सडक अवरुद्ध बनाएको आरोप भने मेयर बिजय सरावगीले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्