सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो



काठमाडौ ।
नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद खाली छ ।

पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई रथीमा बढुवा गर्नु पर्नेमा प्रधानसेनापति थापाले आफ्नो नाता गोताको लागि सेटिङ मिलाउन खोज्दा बस्न्यातको बढुवा धरापमा परेको हो ।

नेपाली सेनाको इतिहासमा यति धेरै अवधिसम्म रथी पद खाली रहेको यो पहिलो घटना हो । पृथ्वीनारायण शाहको एकिकरण कालदेखि नै रही आएको थापा र बस्न्यातबीचको द्धन्द्ध यस पटक फेरि छरप्रस्ट रुपमा बाहिरिएको छ ।

प्रधानसेनापति थापाले आफ्ना बहिनी ज्वाई राजेन्द्रबहादुर कार्कीलाई रथीसम्म पु¥याउने गलत मनसायले बस्न्यातको बढुवालाई अनेकाँै बहानाबाजी गरेर रोकेको सैनिक उच्च स्रोतले जानकारी दिएकोे छ ।

प्रधानसेनापति थापामाथि उपरथी बस्न्यातको बढुवा रोक्ने मनसाय रहेको बताइएको छ । मङसिर २५ गते सम्म बढुवा नभएर बस्न्यातले अनिर्वाय अवकास पाउने भएकाले प्रमाणपत्र छानवीन लगायत अनेक बखेडा झिकेर आलटाल गरिरहेको आरोप लागेको छ ।

एक बर्ष अघि जङगी अड्डाले उच्च सैनिकको प्रमाणपत्र छानवीन गरेकोमा बस्न्यातकोे प्रमाणपत्रमाथि कुनै प्रश्न उठाएको थिएन ।
एकबर्ष अघिको छानवीनमा कुनै प्रश्न नउठेको विषयलाई प्रधानसेनापति थापाले बस्न्यातको शैक्षिक प्रमाणपत्रलाई छानवीनको घेरामा राख्नु गलत मनसाय भएको बताइएको छ । एक बर्ष अघि ठिक अहिले किन वेठिक यो प्रधानसेनापतिले जवाफ दिनु पर्ने ज्वलन्त प्रश्न ती अधिकारीले नेपाल समाचारपत्रसंग भने ।

यति बस्न्यातकोको नक्कली शैक्षिक प्रमाणपत्र हुदो हो त किन इन्क्वायरी भएन यो महत्वपूर्ण प्रश्न ती अधिकारीले भने ।
बस्न्यातलाई बढुवा नगरी सिध्याउन मात्र होइन, प्रधानसेनापति थापाले यस पछिको सहज सैनिक नेतृत्वलाई समेत असर पार्ने खेल गरिरहेको ती सैनिक अधिकारीले भने ।

प्रधानसेनापति थापाको उपरथीद्धय रामचन्द्र कार्की र ईश्वर हमाललाई माथिल्लो तहमा पु¥याउन खोज्दा सेनाभित्रको सहज बढुवा प्रकृया अबरुद्ध भएको छ ।

थापालाई अहिले आफनो विचारप्रति सहमति नजनाउने पक्षको भविष्य नै बवाद पार्न तर्फ उद्दत भएको आरोप लागेको छ ।
प्रधानसेनापति थापाले सेनाभित्र चेनअफ कमाण्डको नाममा संगठनभित्र नाताबाद र कृपावाद अनि तानाशाही लाद्ने प्रयास गरिरहेको ती अधिकारीले आरोप लगाएका छन । सेनाभित्र बस्न्यात र थापाबीच लामो समयदेखि रहेको लडाईको मारमा बस्न्ययात परेको बताइएको छ ।

उच्च सैनिकको बढुवा सम्वन्धमा सैनिक मुख्यालयमा यतिका विवाद रहदा तालुकदार मन्त्रालय पनि मौन देखिएको छ ।
सेनाभित्र अर्काे महत्वपूर्ण पक्ष धेरैलाई थाहा नहुन सक्दछ, प्रधानसेनापतिले भरसक आफनो मातृ पल्टनका सकल दर्जालाई जवरजस्त रुपमा अघि बढाउन खोज्ने अनि अर्काे पल्टनका लागि तेजोबद गर्ने चलन कुनै नौलो होइन त्यसको पनि केही असर यो घटनामा जोडिन पुगेको छ भने, यो संयोग मात्र हुने छैन । पूर्णचन्द्रको मातृ पल्टन गोरखबहादुर गण हो भने अनुजको शम्सेर दल हो ।

तसर्थ सेनाभित्र हलचल पैदा हुने गरी भएको यस्तो संवेदनशील विषयको छानवीन गरी दोषीलाई कारवाही गर्न रक्षा मन्त्रालयबाट किन ढिलाई त ! जनताले चुनेको निकायले पनि यो विषयमा चासो राख्नु उचित नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्