धुँवा फ्याक्ने सवारीलाई कारवाही खै



मधुसूदन रायमाझी
काठमाडौं । पेम्पसीकोबाट नयाँ वानेश्वर हुँदै वालुवाटार रुटमा चल्ने नेपाल यातायात धुँवा फ्याक्दै हुइकी रहेको हुन्छ । गाडीले धुवाँ फ्याक्दा सडकमा हिड्ने यात्रुहरु मुख छोपेर हिड्न बाध्य हुन्छ । नेपाल यातायात जस्तै अन्य सार्वजनिक सवारी साधन पनि वेपर्वाह धुवाँ फ्याक्दै हुइकी रहेका हुन्छन ।

मालवहाक सवारी साधनले फ्याक्ने धुँवाले राजधानीमा गम्भिर प्रदुषणमात्र गरेको त्यसले गम्भिर रोगको संक्रमण समेत र्सिजना गरेको छ ।

सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्ने क्रम बढेपछि धुवां नियन्त्रण गर्न यातायात व्यवस्था विभागले भदौ १ गतेबाट नयाँ निमय लागू गरेपनि नियम प्रभावकारी बन्न सकेको छैन् ।

देशभर ३२ लाख २१ हजार सवारी साधन
नियम राम्रो तर कार्यान्वयन फितलो
हरियो स्ट्रिकर विनै गुडछन सवारी साधन

सरकारले लागू गरेको नियमको धज्जी उडाउदै काठमाडौ उपत्यकामा अहिले पनि निर्वाध रुपमा धुवाँ फयाक्दै सवारी साधन गुडने गरेका छन् । सरकारले भदौ १ गतेबाट ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका भित्र सञ्चालन हुने सवारी साधनका लागि नयाँ स्ट्रिकर लागू गरेको छ । तर सवारी साधनले नयाँ स्ट्रिकर बिना नै चल्ने गरेका छन् ।

यातायात व्यवस्था विभागले अत्याधिक रुपमा धुवाँ र प्रदुषण नियन्त्रण गर्नका लागि सबै कार्यालयमा धुँवा परीक्षण गर्ने मेसिन राखेको छ । काठमाडौंमा अहिले पनि धुवाँ फ्याने सवारी साधनको संख्यामा कमी आउन सकेको छैन् ।

यातायात व्यवस्था विभागले अत्याधिक रुपमा धुवाँ फ्याक्ने सवारी साधनलाई कारवाहीका लागि ट्राफिक प्रहरी महाशाखालाई पत्राचार पनि गरिसकेको बताएको छ ।

विभागले यस अघि गोलो आकारको हरियो स्ट्रिक प्रयोगमा ल्याएको थियो । तर यस पटक धुवाँ प्रदुषण नियन्त्रण गर्न चारकुने आकारको हरियो स्ट्रिकर प्रयोगमा ल्याएको छ । भदौ १ गतेबाट अनिवार्य रुपमा चार कुने हरियो स्ट्रिकर प्रयोग गुर्नपर्ने नियम लागू गरेपनि अधिकाशं सवारी साधनले उक्त नियम पालना गरेका छैनन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले अत्याधिक रुपमा धुवाँ फ्याक्ने सवारी साधनलाई कारवाही हुने दावी गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–धुँवा फ्याक्ने सवारी साधनलाई नियन्त्रण गर्न सबै कार्यालयहरुमा मेसिन जडान भइसकेको छ,। लागू भएको नियमलाई विभागले प्रभावकारी रुपमा कार्यान्वयन गर्छ ।’

देशभर ३२ लाख २१ हजार सवारी साधन सञ्चालनमा रहेका छन् । जस मध्ये झण्डै ११ लाख सवारी साधन उपत्यकामा सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्