निगमको ७ वटा विमान ग्राउण्डेड, आन्तरिक उडान प्रभावित



दीपेन्द्र थापा
काठमाडौं
नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७ वटा विमान ग्राउन्डेड भएको हो ।

ती विमानहरू ग्राउन्डेड भएपछि आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् । निगमले चीनबाट आयत गरेको वाई १२ ई ४ वटा १७ सिट क्षमताका विमानमध्ये अहिले एउटा मात्र संचालनमा रहेको छ भने ३ वटा विमान ग्राउन्डेड भएको छ । चीनको हार्विन एयरक्राफ्टद्वारा निर्मित वाइ–१२ ई सिरिजका ४ वटा विमान रहेका छन् ।

चीनबाट नै आयत गरिएको २ ओटा एमए–६० विमानमध्ये १ मात्र सञ्चालनमा रहेको छ । अर्काे एमए –६० मर्डन आर्ट ५६ सिट विमान गत महिना ग्राउन्डे भएर साउनको तेस्रो हप्तामात्र सञ्चालनमा आएको थियो ।
हिमाली र पहाडी क्षेत्रमा उडान भर्दै आएको ट्विन्अटर विमान १ समेत ग्राउन्डे अवस्थामा रहेको छ । ३ ट्विन्टर विमानमध्ये एउटा विमान केही समयदेखि ग्राउन्डेड छ । निगमका अनुसार नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले २ वटा ट्वीनअटर विमान ग्राउन्ड अवस्थामा रहेको छ ।

४२ वर्षभन्दा पुराना ट्वीनअटर लिलामी गर्न क्यानेडाको विमान कम्पनी भ्याकीङस“ग प्रकृया अगाडि बढाइए निगमले नै ढिलाई गर्दा काम समयमा हुन सकेन । उक्त कार्य सम्पन्न हुन करिव २ वर्षसम्म लाग्ने अनुमान निगमको छ ।

निगमले विमान संख्या थपेसँगै नेपालका विमानस्थलमा उडान भर्ने योजना रहेको छ । अर्काेतर्फ करिव १७ सिट क्षमताको वाई १२ विमान ४ विमानमा ३ विमान नै त्रिभूवन विमानस्थलमानै ह्याङगर मर्मत सम्भार गरिरहेको छ । महिनै सम्म चिनीयाँ पाइलट अभावले गर्दा उडान भर्ने नसकेका ती विमान हाल भने पाईलको परि पूर्ति भैसकेको भएपनि विमान ग्राउन्डेड हुदा १ मात्र संचालनमा रहेको छन् । निगमले सहुलियत ऋण र अनुदानमा पाएको चीनीयाँ विमान निगमको लागि घाटो जस्तै भएको छ । चीनीयाँ स्पेयर पार्ट पुर्जा आयत गर्नु पर्ने भनेको समयमा मर्मत गर्न कठिन र मर्मत गर्ने जनशत्तिको अभाव हुँदा खेरी निगमलाई उक्त विमानहरु घाटा वढाउने माध्यम मात्र वनेको निगम स्रोतले जनाएको छ ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले ग्राउन्डेड भएका विमानमा प्राविधिक समस्या आएकाले केही दिनमा नै विमान संचालनमा आउने बताउनुभयो ।

चीनबाट पहिलोचरणमा ल्याइएका दुईवटा विमानमा प्राविधिक समस्या आएपछि पछिल्लाेपटक ल्याएको विमानमा भने प्राविधिक उपकरण तथा स्पेयर पार्टस समेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षसँगको प्रतिबद्धताअनुरुप निगमले सो चीनीयाँ विमान ल्याएको थियो । सामान्यतया विमान खरिद गरेपछि विमानको प्राविधि समस्या आउदा स्पेयर पार्टसको सपोर्ट गर्नुे सम्भौता रहेको हुन्छ ।

तर चीनीयाँ पक्षले भने चिनीयाँ विमानको स्पेयर पार्ट माग गर्दा महिनौ समय लगाउने र प्राविधिक पक्ष समयमा नै उपल्वध नहुने समस्याले गर्दा निगमका चिनियाँ विमान महिनैसम्म ग्रउन्डेड भएर वस्नु परेको निगम स्रोतको दावी छ । चीनीयाँ पक्षले यस्को लागि प्रर्याप्त सहयोग नगरेका कारण विमान ग्राउन्डेड भएको निगम स्रोतको दावी छ । निगमले ८ वटा अन्तर्राष्ट्रिय र २३ वटा आन्तरिक गन्तव्यमा सेवा उडान भरिरहेको थियो ।

नेपाल सरकार र चीन सरकारबीच वि.स. २०६९ सालमा दुईओटा विमान अनुदान र ४ ओटा जहाज सहुलियतपूर्ण ऋणमा लिने सम्झौता भए बमोजिमका ६ ओटै विमान नेपाल आएका थिए ।

सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण प्राप्त भएपछि निगमले विमान खरिद गरेको थियो । उक्त बैंकले निगमलाई ६ अर्व ६७ करोड १० लाख रुपियाँ ऋण दिएको थियो । सम्झौताबमोजिम २०७१ बैशाखमा पहिलो एमए–६० मर्डन आर्ट विमान र कात्तिकमा वाई–१२ ई जहाज अनुदानस्वरुप ल्याएको थियो । यस्तै २०७३ मा अर्को एमए–६० मर्डन आर्ट र एउटा वाइ–१२ ई जहाज ल्याइएको थियो । गत वैशाख ४ गते विमान हस्तान्तरण गर्दा चिनिया“ कम्पनी सिभिक इन्टरनेशनलका अध्यक्ष ली वेइसुआङले नेपाललाई जहाज दिन पाउँदा खुशी लागेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्