४ सय ६७ कर्मचारीबाट निवेदन फिर्ता



काठमाडौं, (नेस) । स्वैच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वैच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । निवेदन फिर्ता गर्नेमा सचिव डा. सरोज पोखरेल र सन्तु कोइरालासहित ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् ।

सरकारले स्वैच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४ सय ६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिनुभयो ।

स्वैच्छिक अवकाश फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी हुनुहुन्छ । अवकाशको निवेदन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्