जोखिम मोलेर वारपार गर्ने खोलाहरुमा झोलुङ्गे पुल निर्माण



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको भुमे गाँउपालिका १ की आसा पुन हाल कक्षा ७ मा पढीरहेकी छन् । गत बर्ष घरबाट बिद्यालय जाँदा लुकुम खोलामा काठको साँघु तर्दा हातबाट किताव खसालिन् ।

साँघुको छेउमा चिप्लीएको कारण उनलाई त केही भएन तर हातको किताव सबै खोलाले बगायो । उनी मात्र होइन उनी जस्ता धेरै बिद्यार्थी र अन्य स्थानीयबासीका लागी काठको साँघु तर्नै पर्ने बाध्यता थियो । लुकुमकै भुला घर्तीले पनि घाँसको भारी बोकेर खोला तर्दा खोलामा चिप्लीएर घाँस सबै बगाएको अनुभव सुनाउँछिन् ।

हरेक जसो बर्षातको समयमा दैनिक काम गर्दा समस्या हुने रुकुम पुर्वका बिभिन्न खोलाहरुमा यस बर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । बर्षातको समयमा जोखिम मोलेर वारपार गरिरहेका आसा जस्ता बिद्यार्थी र भुला जस्ता स्थानीयका लागी यस बर्षको बर्षातको समयदेखी त्यस्तो बाध्यताको अन्त्य भएको छ ।

सेवा प्रतिष्ठान नेपालको प्राबिधिक र सामाजिक सहयोगमा तथा नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमद्धारा रुकुम पुर्वमा यस बर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका हुन्् । सेवा प्रतिष्ठान नेपाल रुकुमका कार्यक्रम व्यवस्थापक रणबिर रावलले लक्ष्य अनुसार यस बर्ष १०० प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो ।

झोलुङ्गे पुल सहयोग इकाई टि.बी.यस.यु र सेवक नेपालको प्राबिधिक सहजीकरणमा रुकुम पुर्वमा झोलुङ्गे पुल निर्माण भएका हुन् । टि.बी.यस.यु का सहजीकरण व्यवस्थापक रेशमजंग सिंहले पुल निर्माणमा आफुहरुले सहजीकरण गरेको बताउनुभयो ।

जिल्ला समन्वय समिती रुकुम पुर्वका प्रमुख गजेन्द्र ओलीले यस बर्ष ११ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र आगामी बर्षका लागी १४ वटा झोलुङ्गे पुल निर्माण हुने बताउनुभयो । उहाँले रुकुम पुर्व नयाँ जिल्ला भएकोले जिल्लाको विकास निर्माण यि पुल निर्माणले कोसेढुंगा थपेको बताउनुभयो ।
नेपाल सरकारको झोलुङ्गे पुल निर्माण कार्यक्रम रुकुम पुर्वमा सोचे भन्दा पनि बढी प्रगति भएको प्राबिधिक कार्यालयको दावी छ । रुकुम पुर्व र रुकुम पश्चिमको संयुक्त रुपमा काम गरिरहेको जिल्ला प्राबिधिक कार्यालय रुकुमका इन्जीनियर पहलबहादुर पुनले अन्य जिल्लाको तुलनामा प्रगति भएको बताउनुभयो ।

सँधै भरी काठे पुल तथा खोला तरेर जोखिम मोल्नु पर्ने बाध्यतामा रहेका रुकुम पुर्वका बासिन्दाका लागीे घाँस दाउरा गर्न, बिरामीलाई स्वास्थ्य संस्था लिन तथा बिद्यार्थीका लागी बिद्यालय जान अव सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्