झुट परियोजना



मेलम्ची खानेपानी परियोजना नेपालीका लागि नयाँ विषय होइन। परियोजना कुन जिल्लामा पर्छ भन्ने प्रश्न गर्दा धेरै नेपाली अलमलमा परे पनि मेलम्चीको पानी काठमाडौं उपत्यका आउँदै छ, ल्याइँदै छ भन्नेमा अधिकांशलाई प्रस्ट थाहा छ। मेलम्चीबारे सुन्दासुन्दा अब त आमनेपालीलाई झर्को लाग्न थाल्या छ।

मेलम्चीको पानी काठमाडौंमा कहिले खस्छ, कहिले उपभोक्ताका घरघरमा पुग्ने हो भन्नेबारेमा उपभोक्तालाई सधैं झुक्याइन्छ। ‘नयाँ वर्षदेखि घर–घरमा पानी’, ‘आगामी दशैंदेखि मेलम्ची घर–घरमा’ यस्तो दाबी उपत्यकाबासीका लागि ‘डेट एक्सपायर’ आश्वासन भइसक्यो। दशैंमा सम्भव नहुने भएपछि आश्वासन नयाँ वर्षका लागि धकेलिन्छ, यो पुरानै शैली हो।

सोमबार खानेपानी मन्त्री मगरले दाबी गर्दै भनिन्– ‘इटालीबाट आएको ठेकेदारको उच्चस्तरीय टोलीसँग लिखित सहमति भएकाले दशैंअगाडि नै पानी ल्याइन्छ।’ उनको दाबी आगामी बडा दशैंको हो। मगरले गर्या दाबी सुन्दा लाग्छ मेलम्चीबारे पहिलोपटक विदेशी कम्पनीसँग सहमति भएको हो। यसअघि विभिन्न कम्पनीसँग चरण–चरणमा सहमति गर्या अनि सहमति तोडिएको, काम ठप्प भएको नसुन्या भए पो पत्याउनु।

सुरुङ ब्रेक थ्रु भइसकेर अन्य काम अघि बढिराख्या हुनाले मेलम्ची नआउला भन्न सकिन्न, तर आगामी चैते दशैंमा चाहिँ हो कि !

प्रतिक्रिया दिनुहोस्