सन्ध्या मिस टिन एसईई



स्टार वन इन्टरटेनमेन्टले एसईईका किशोरीहरूमाझ राजधानीमा आयोजना गरेको मिस टिन एसईई–२०१८ मा सन्ध्या सिग्देलले उपाधि चुमेकी छिन्। बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा सन्ध्याले प्रमुख उपाधिका साथमा मिस ब्युटिफुल, मस्ट फोटोजेनिक र सोसियल्ली रेस्पोन्ससिवल उपउपाधिलाई पनि आफ्नो बनाएकी छिन्। प्रतियोगिताको प्रमुख उपाधिमा आफ्नो नाम घोषणा भएपछि सन्ध्याले खुसीले मञ्चमै आँसु झारेकी थिइन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हालै सम्पन्न प्रतियोगितामा एलिसा लामिछाने फस्ट रनर्सअपसहित वेस्ट सिंगर, जेसिका भण्डारी सेकेन्ड रनर्सअपसहित फेसन आइकन, ईशा कार्की थर्ड रनर्सअपसहित मिस क्याटवाक र निमा लाम्हु शेर्पा मस्ट पपुलरसहित मिस कन्जिनियालिटी भएका छन्।

गायक, संगीतकार तथा अभिनेता एसकुमार, गायक तथा गीतकार सीताराम पोखरेल, अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेसनल–२०१८ सुरुची पाण्डे, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेको प्रतियोगितामा रक्षा न्यौपाने भ्युअर्स च्वाइस, सारिका खडका ब्युटी विथ पर्पस र फेसबुक च्वाइस, रोशनी थिङ तामाङ बेस्ट स्माइल, स्नेहा न्यौपाने बेस्ट फिजिक, यजु तामाङ मस्ट डिसिप्लिन, उच्चता मगर बेस्ट डान्सर, ललिता वली बेस्ट हेयर, रानिका खनाल मस्ट पे्रmन्डली, कामना घिमिरे सोसल वेलफेर एम्बेस्डर, सोफिया तण्डुकार मिस ट्यालेन्ट, सोनिया श्रेष्ठ मस्ट आइकोनिक आइज, श्रेया कार्की बेस्ट स्किन, जस्मिन थापा मगर मस्ट गर्जियस जस्मीन शाह बेस्ट पर्सनालिटी, याहाना राई मस्ट फिटनेस र पृष्मा लुईंटेल बेस्ट स्पिच, भएका छन्।

प्रतियोगिताको आयोजक संस्था स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले एसईईका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वास वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिता सहभागी सबैका लागि प्रभावकारी भएको विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्