आयो ! आएन !! आयो !!!



एसएलसीलाई ‘फलामेढोका’ भनिन्थ्यो, एसईईलाई पनि यही भनेर बुझ्छन् मान्छेहरू । बालमष्तिस्कमै फलामेढोका भन्ने परेपछि विद्यार्थी र अभिभावकलाई कसरी पार गर्ने÷गराउने भन्ने डर नहुने कुरै भएन । मास्टर–मास्टर्नीलाई त भालुको कन्पट हुने भइहाल्यो, अपजसे पेसा । अरुलाई त प¥यो प¥यो परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई समेत यो फलामेढोका खोल्न औधि तनाव ।

प्रत्येक वर्षजस्तै शनिबार पनि त्यस्तै चौपट प¥या देख्यो धरहराले पनिकालाई । कसरी देख्यो भनेर शंका गर्नुहोला नि फेरि । सुन्धारा र भक्तपुर कति टाढा छ र भन्या ? नेपाल टेलिकमले पनि आउँछ आउँछ भनेर बिहानै ‘कटुवाल’ कराउन लगायो । विश्वकप हेर्न छोडेर एसईईको नतिजाको प्रतीक्षामा बसेकाहरूको धैर्यताको बाँध नै फुटिसकेको थियो ।

 

पत्रकारको त्यही हैरान, किन ढाँटेको भनेर पत्रकारलाई जनता र आफन्तले ख्याउँ ख्याउँ कराएको कराएै ।
समाचार नै बहिष्कार हुने हो कि भनेर बडो चिन्ता लाग्या’थ्यो धरहरालाई, तै आयो आएन भन्दाभन्दै लास्टा नतिजा आएपछि धरहरालाई पनि ‘रिलिफ’ भो । अर्काे वर्षदेखि यसरी बिहानैदेखि मान्छेलाई हैरान नपारेहुन्थ्यो पनिकाले अनि कनिका छरेझैँ एसएमएस छरेर टिनिनिटिनिनी घण्टी नबजाइदिएहुन्थ्यो टेलिकमले ।

प्रतिक्रिया दिनुहोस्