कर्नरको नयाँ नाम



३३ किलो सुन प्रकरण काण्ठमा फुत्किएका ठूला माछा पक्रिने दाऊमा रहेको प्रहरीले गत साता काठमाडौंका विभिन्न भेगमा जाल हान्यो । ठूला माछाको एउटा झुन्ड बाजेको सेकुवा र्कनरमा छ भन्ने सूचनाका आधारमा प्रहरीले कर्नरमा जाल हान्यो । तर ठूलो माछाको झुन्ड भने अझै उम्किएको चर्चा छ ।

यही क्रममा काठमाडौंमा सञ्चालनमा रहेका बाजेको सेकुवाका १० आउटलेट मध्ये ६ वटामा सिलबन्दी गरिएको छ । माछाको झुन्ड त्यहाँ नपुगोस भनेर सिलबन्दी ग¥या रे । अब सेकुवा कर्नरको भविष्य के होला भन्ने चर्चा परिचर्चाका वीच गृह मन्त्रालयले पुरानै नाम र लोगोमा सेकुवा कर्नर सञ्चालन गर्न नदिने कडा उर्दी जारी ग¥या सुनियो ।

गृहको उर्दीपछि कर्नरका स्टाफहरु नयाँ नाम जुराउने कसरतमा लाग्या छन् । कहिल्यै नसुन्या नयाँ नाम जुराउँदा पनि विजनेस खै के, खै के हुने भएपछि स्टाफहरुलाई निकै तनाव भएको चर्चा छ । तनाव साम्य पार्न धरहराले नयाँ नाम जुराएको छ ‘बादलले सेक्या सेकुवा कर्नर ।’ सर्प पनि मर्ने लट्ठी पनि नभाचिने । यो नाममा सेकुवा कर्नर पुन सुचारु गर्दा कस्तो होला गृह मन्त्रीज्यू ?

प्रतिक्रिया दिनुहोस्