कालले छोड्ला तालले छोड्दैन



शास्त्रीय संगीतको सुरतालमा कुस्ती खेल्ने जोडी भनेर चिनिने शम्भुप्रसाद मिश्र र साम्वदेव सापकोटा अधिकाश संगीतप्रेमी नेपालीहरुका लागि नौलो नाम होइन ।

लरखराएको चालमा सेतै कपाल भएको यो जोडी मञ्चमा पुग्दा पहिलोपटक कार्यक्रम हेर्ने र सुन्नेहरुका लागि यिनीहरु शस्त्रीय संगीत क्षेत्रका फुर्तिला बाघ नै हुन् भन्ने कुरामा पत्यार नलाग्न सक्छ ।

तर, जब यो जोडीले तवला र हार्मोनियममा विभिन्न राग र ताल प्रस्तुत गर्छ । तब जो कोही पनि रोमाञ्चित हुन थाल्दछन्।
रेडियो र क्यासेटमा यो जोडीको युगल प्रस्तुती सुन्दा जति आनन्दको अनुभुति हुन्छ त्योभन्दा धेरै गुणा बढी यिनीहरुको प्रत्यक्ष कायक्रम हेर्दा दर्शक एवं स्रोताहरु सन्तुष्ट हुने गर्दछन् ।

व्ैशले उन्मत्त युवकहरुको जोसजस्तै बीच बीचमा गरिने अभिनय र एक अर्काप्रति आक्रमण भएको जस्तो देखिने यिनीहरुको हाउभाउ युक्त प्रस्तुतीले संगीतप्रेमीहरुलाई आफूले बारम्बार ताली बजाएको थाहै हुँदैन । त्यसमा पनि वषैदेखिको अथक साधनाबाट खारिएको त्यस्तो प्रस्तुती सुनिर हुँजस्तो लाग्ने हुँदा शम्भु मिश्र र साम्वदेव सापकोटाका कार्यक्रम हेर्न र सुन्न सबै लालायित हुने गर्छन् ।

त्योसो त यो जोडीले अहिलेसम्म औपचारिक र अनौपचारिक गरी हजारौँ कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेको छ ।

एमेरले असी पार गरिसकेका सापकोटा र मिश्रका औला बाल्यकालदेखि नै तवला र हार्मोनियममा सल्वलाउन थालेका हुन । यिनीहरुको संयुक्त प्रस्तुतीको प्रशंग कोट्याउने हो भने पनि करीब ५ दशक लामो इतिहास छ । त्यति बेलाको एक सांगीतिक कायक्रममा एक्कासी भएको भेट नै हालसम्मको मित्रताको बलियो आधार हो ।

यी दुई हस्तीहरुका बारेमाजानकारी लिने क्रममा कामना प्रतिनिधि काठमाडौँ सिफलस्थित शम्भुप्रसाद मिश्रको घरमा पुग्दा उनी आफ्नाी विरामी । श्रीमती निर्मला मिश्रको रेखदेखमा व्यस्त थिए । कुराकानीका क्रममा थाहा भयो । केही समय अघिमात्र निर्मलालाई भेलोर लगेर व्रेनको अपरेशन गरिएको रहेछ । त्यसपछि काठमाडौँमै विसञ्चो भएर १ महिना अस्पतालको आइ.सी.यु. मा राखियो र दशैं अघिसजन दिएर उपचार गराइरहनुपरेको छ ।

आफ्नो अथक प्रयास र संघर्षबाट सांगीतिक क्षेत्रमा ख्याती आर्जन गरे पनि शम्भुपसाद मिश्र बचपनदेखि अहिलेसम्म विभिन्न आपत् विपत्सँग पौठेजोडी खेल्दै आइरहेका छन् ।

गायनमा आचार्य पिता झुमकलाल मिश्र र माता पार्वतीदेवीको कोखबाट वि. सं. १९७४ सालमा स्थानीय नागपोखरीमा जन्मिएका शम्भुप्रसादलाई विशेष गरी उनका बाजे संगीताचार्य पण्डित नानकप्रसाद मिश्रले सगीतको शिश्रा आरम्भ गराएका थिए । साहित्यिक व्यक्तित्वका साथै कविराजको काममा समेत दक्षता हासिल गरेका उनका बाजे नानक र पिता झुमकलालको मातहतमा रहेर विभिन्न कला विधामा शिक्षा लिएका शम्भुप्रसादले विशेष गरी तवला अभ्यासमै बढी समय दिन थाले ।

तवलामा यिनको यतिलगाव बढ्न थाल्यो कि मिश्रले दिनमा ११ घण्टासम्म अभ्यास गनए थाले । त्यर्सको फलस्वरुप यिनी राजपरिवार र तत्कालीन राणा परिवारमा समेत चर्चित हुन थाले ।

आफ्नो सांगीतिक पक्षका बारेमा भनिदिन आग्रह गर्दा उनेल यसरी बेलिविस्तार लगाए – मेरो पुख्र्यौली घर भारतको बनारस शहरमा पर्छ । हाम्रो खानदाननै संगीतसँग सम्बन्धित छ । मेरो बाजे राजा त्रिभुवनलाई संगीतकला सिकाउन त्यतिवेला नेपाल आउनु भएको हो । दरवारमै संगीत प्रशिक्षकका रुपमा कार्यरत रहनु भएका कारण म पनि बाजेसँग कहिलेकाहीँ दरवार जाने गर्थे । शुरुमा मैले १÷२ वटा कार्यक्रम प्रस्तुत गर्ने अवसर पाएँ । त्यसपछि राणा परिवारमा नि मेरो सम्पर्क बढ्यो र सबैलेनवप्रतिभाको रुपमा मेरो कार्यक्रम रुचीका साथ सुन्न थाले । अनि त मैले सबैबाट माया पाउन थालेँ ।

९ वर्षको उमेरदेखि नै राम्रोसँग तवला बजाउन थालेका मिश्रले १० वर्षको छँदा श्री ३ चन्द्र शमशेरलाई तवला बजाएर सुनाउँदा ५० रुपियाँ बक्स पाएका रहेछन् । दरवारसँगको सम्पर्कका बारेमा उनले अगाडि भने – एक पटक जुद्धशमशेरलाई मैले तवला बजाएर सुनाएँ, जुद्ध शम्शेरले मेरो कार्यक्रम हेरेर बाजेलाई तिम्रो नातीले राम्रोसँग तवला बजाउने रहेछ, अब उसलाई यही जागीर लगाइदेउ भन्ने आदेश भए मुताविक म सिहदरवार मै जागिरे भएँ । पद्मशमशेर र मोहन शमशेरका पालामा पनि जागीर खाएको हुँ ।

श्री ५ त्रिभुवन र श्री ५ महेन्द्र सरकारसँगको आफ्नो सामिप्यताका बारेमा सुनाउँदै वरिष्ट तवला बादक शम्भुप्रसाद मिश्रले भने – त्रिभुवन सरकारले त मलाई साहै माया गरिबक्सन्थ्यो, मेरो नितान्त व्यक्तिगत कुराहरुमा समेत निगरानी राखिबक्सने राजा त्रिभुवनले मलाई धेरै पटक लुकाएर पाकेट खर्च भनी पैसासमेत दिने गरिबक्क्सन्थ्यो । कुस्ती, पौडी र फुटवल लगायत अन्य खेलकूदमा पनि मेरो दखल थियो । सरकारबाट म सहभागी हुने त्यस्ता कार्यक्रमहरुसमेत कैयन् पटक रुचीपूर्वक नजर गरिबक्सेको घटना अझै मलाई याद छ ।

त्रिभुवन सरकारले मसँग कहिलेकाही ठट्यौली व्यवहारसमेत गरिबक्सन्थ्यो । एक पटकको कुरा हो, सरकारबाट मलाइए आफ्नो मोटर सँ दौडने हो ? भन्ने मर्जि भयो, मैले पनि सहमती जनाएँ, दरबारबाट भद्रकाली हुँदै दौडिएको त मोटरलाई उछिनेर नारायणहिटी पुगिएछ यस्ता घटना सम्झदा अहिले पनि अचम्म लाग्छ ।

जहाँम्म महेन्द्र सरकार सँगको सामिप्यताको प्रश्न छ, सिंहदरबारको जागीर छोडेपछि केही समय रेडियो नेपालमा र त्यसपछि केही समय रेडियो नेपालमा र त्यसपछि २०१५ सालमा नारायण हिटी राजदरवारमा महेन्द्र सर कारबाट जागिर निगाह भएको हो । नरराज ढकाल र मैले सँगै दरबारमा जागिर गरेका हौँ, नोकरीको हद समाप्त भएपछि पनि म ५÷६ वर्षसम्म करारमा थ्यही जागिरको रुपमा कार्यरत थिएँ । अब त फेसनमा छु तर पनि राजपरिवारका सदस्यलाई संगीत सिकान हप्ताको ३ दिन जति अझै राजदरबार जाने गरेको छु । राजपरिवारको माया ममताबाट अहिले पनि म पछि परेको छैन र वर्तमान श्री ५ महाराजधिराज सरकार र राजपरिवारका अन्य सदस्यहरुलाई अझै पनि आफ्ना कला श्रवण गराउने गरेको छु ।

राजा महेन्द्रसँगको सम्बन्धको प्रसंग कोट्याउँदै मिश्रले थपे – २०१४ सालतिर भारतका विख्यात शास्त्रीय गायक विनायकराव पटवर्तन नेपाल आएका थिए, मैले उनी सँग तवला बजाउने प्रस्ताव राख्दा अनुमती पाइए तापनि धेरै कार्यक्रममा अजाउने अनुकुलता मिलेको थिएन । त्यसैवेला एउटा कार्यक्रम भारतीय राजदूतावासमा राखिएको थियो र थ्यही मलाई तवला बजाउन दिने आश्वासन मिलेको थयो । उक्त साँझ मभारती य दूतावास पुगे । ९ बजेसम्म पनि कार्यक्रम हुने कुनै संकेत देखिएन । त्यसपछि अलिअलि मानिसहरुको जमघट हुन थाल्यो । राजदूत भगवान् सहायले राम्रै व्यवहार गरे पनि तत्कालीन प्रथम सचिव सुमनले भने मलाई कार्यक्रममा भाग लिन नदिने षड्यन्त्र गरेका रहेछन् ।

सो कार्यक्रम नजर हुन श्री ५ महेन्द्र सरकार पनि सवारी होइबक्सेको थियो । १० बजेतिर जब कार्यक्रम सुरु भयाृ म आफै मञ्चमा गएर तगलाको अगाडि बर्से र विनायक रावका साथमा तवला बजाउन थालें । सबैको ध्यान म तिर केन्द्रित भयो । कार्यक्रम सकिएपछि मलाई ओझेलमा पार्न ओज्ने प्रथम सचिव सुमनलाई राजदूतले गाली गरे । अति रोचकताका साथ नजर गरिबक्सने श्री ५ महेन्द्र सरकारबाट मलाइर्ए स्याबासी दिनुका साथै भोलिपल्ट दरवार आउने आदेश भयो । भोलिपल्ट म दरबार पुगेपछि सरकारबाट मलाइए एक हजार नगद र आफूद्वारा रचिएका विभिन्न पुस्तकहरुको वण्डल पुरस्कार बक्स भयो । तिमीले नेपालको नाम राख्यौ भन्ने हुकुम बक्स हुने श्री ५ महेन्द्र सरकार थ्यतिवेला देखि अझ प्रभावित होइबक्सेको हो ।

भारतका प्रख्यात तवलावादक शान्ताप्रसाद मिश्र सँगको आफ्नो काका भतिजको नाता रहेको प्रशंग कोट्याउँदै नेपालका ख्यातिप्राप्त तवलावादक शम्भुप्रसादले भारतमा पनि त्यहाँका प्रख्यात शास्त्रीय सगीतज्ञहरुसँग धेरै पटक संयुक्त कार्यक्रम प्रस्तुत गरिसकेका छन् । र थ्यहाँका प्रवुद्ध दर्शक एवं स्रोताहरुले उनको कलाको मुक्र कण्ठले प्रशंसा गरेका कैयन घछनाहरु सुनिएको छ । र त्यसैगरी आफूले सगीत सिकाउने जापानी चेलीको प्रयासबाट ०३७÷३८ सालतिर मिश्र जापान गर्ए विभिन्न ठाउँमा संगीत कार्यक्रम प्रस्तुत गरिसकेका छन् । उक्त भ्रमणमा जापानमा पाएको स्वागतबाट उनी प्रफुल्ल देखिन्छन् ।

संगीतको अवस्थाका बारेमा जिज्ञासा राख्ने हो भने मिश्रको धारणा यस्तो रहन्छ – हेर्नुस २०२० सालताका शास्थीय सगीतको अवस्था खस्कदै गएको र यसको प्रवद्र्धन गर्नेतर्फ कुनै क्षेत्रबाट पनि चासो नदेखाइएको देख्दा म साह्रै नै निराश भैसकको थिएँ । त्यतिवेला मैले आफूसँग भएका सम्पूर्ण साजवाज आर्यघाटमा सेलाएर यस क्षेत्रबाटै सन्यास लिने योजना बनाएको थिएँ तर यो कुरा श्री ५ महेन्द्र सरकारको कानमा परेछ । पछि मलाई बोलाएर यस्तो हतोत्साही कुनुहुँदैन भनेर सरकारबाट सान्त्वना दिइबक्स्यो ।

तर अहिले यसतर्फ चासो बढेको द्ध । सन्तोष गर्ने धेरै आधारहरु भए पनि शास्थीय संगीतका साधकहरुबीच अझै एकता हुन नसकेको होकि जस्तो लाग्दैछ । यस क्षेत्रमा अहम प्रर्वत्तिको विकास भएको छ । शास्त्रीय संगीत क्षेत्रको उत्थानका लागि मेलमिलाप र समझदारीको विकास हुन जरुरी छ । पप् र अन्य संगीत समयको माग हो, यो सीमित समयसम्म जिवित रहन्द्ध तर शास्त्रीय संगीत भनेको दिगो चिज हो , यो कहिले पनि हराउँदैन ।

बाबु बाजेबाट शास्त्रीय संगीतको परम्परा हस्तान्तरण हुँदै आए पनि मिश्रपद्धिको पुस्तामा यसको त्यति प्रभाव पर्न सकेको द्धैन । तर मिश्रकी द्धोरी मीरा रिाणा भने संगीत क्षेत्रमै लागेर बाबुको विडो थाम्ने काममा प्रयासरत छिन् । मिश्र संगीत भनेको अपरम्पार छ र यसको गहिराइए अथह छ भन्दै सरस्वतीलाई पनि सगीतको सागर पहिल्याउन गाह्रो परेको धारणा व्यक्त गर्दछन् ।
राजा महाराजा समेतलाई झुकाउन सक्ने संगीत जति अभ्यास ग¥यो त्यति नै सफलतातर्फ जान सकिने विचर राख्ने मिश्र नयाँ पीडीलाई जति गर्छौ थ्यति नै पाउँछौ भन्ने सन्देश दिन चाहन्छन् ।

हाल प्रज्ञा प्रतिष्ठानमा मानार्थ प्राज्ञका रुपमा रहँदै आएका मिश्रले इलाहावादवोर्डबाट संगीतमा विसारद गरिसकेका छन् । मिश्रलार्य गोरखा दक्षिणवाहु दोस्रो, राजप्रसाद सेवा पदक, गद्दी आरोहरण रजतमहोत्सव पदक, शुभराज्याभिाक पदकलगायत विभिन्न पदक र सम्मानपत्रसमेत प्राप्त भैसकेका छन् ।शम्भुप्रसाद मिश्रको नामसँगै जोडिने अर्को नाम हो सामवदेव सापकोटा । हाल एकासी वर्ष पुगेका सापकोटाले बनारसमा गणपतरावबाट हार्मोनियमको शिक्षा हासिल गरेका रहेछन् ।

पिता खड्गप्रसाद सापकोटा र माता इकाकुमारीको कोखबाट विं.सं. १९७६ मा काठमाडौँमै जन्मिएका यिनलाई शास्त्रीय संगीतको प्रारम्भीक शिक्षा भने आफ्ना पिताबाटै प्राप्त भएको हो । उनका पिता खड्गप्रसाद तवला, हार्मोनियम, पियानो आदि बाजाहरु राम्रोसँग बजाउने गर्थे । सोही पारिवारकि वातावरणको प्रभावमा कडा परिश्रमका साथ हार्मोनियममा दक्षता हासिल गरेका यिनले विभिन्न कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्नुको साथै अदालतमा नोकरीसमेत गर्ने गर्थे । पछि यिनी २०३५ सालमा नायव सुब्बा तहको नोकरीबाट पेन्सनमा अवकाश भएका थिए ।

शम्भुप्रसाद मिश्र र आफ्नो सम्वन्ध नङ र मासु जस्तै भएको उदाहरण दिने सापकोटा भन्छन् – शम्भुदाइलाई म पहिलेदेखि नै आदर गर्छु, उहाँ तवलामा निपूर्ण हुनुहुन्छ, म पनि उहाँलाई साथ दिने प्रयास गरिरहन्छु त्यसैले उहाँको र मेरो बीचको सम्वन्ध अटुट एवं निरन्तर रहेको हुनुपर्छ ।

असी नाघिसकेको जोडी भएर पनि यस्तो जोस कसरी आउँछ भन्ने हो भने सापकोटा भन्छन् – बाजा लिएर बस्ने हो भने थ्यो जोस भित्री मनबाट एकाएक आउँछ । यसमा हाम्रो उमेरले रोक्ने त कुरै आउँदैन । हामी जीवनको अन्तिम अवस्थासम्म पनि लागिरहने छौँ, कालले छोड्ला तर तालले छोड्ने छैन । हाम्रो जोडीले सर्वसाधारणदेखि राजपरिवार सम्म पनि आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेको छ ।
राज परिवारको प्रशंग आउँदा साम्वदेव उत्साही हुँदै भन्छन्–नेपालमा संगीत, कलाको उत्थानका लागि राजपरिवारको ठूलो देन छ । राजसंस्था नहुने हो भने कुनै क्षेत्रको पनि विकास सम्भव छैन ।

६ छोरा र दुई छोरी बाबु साम्वदेव सापकोटा आफ्नो साहिलो छोरा जगन्नाथ शास्त्रीय गायनका साथै भक्ति संगीततिर लागेको र कान्छी छोरी कल्यनाले कलकत्ताबाट सितारवादनमा एम म्यूज गरेकोमा खुशी प्रकट गर्दै आफ्नो विडो थाम्ने छोरा छोरी निस्किएको बताउँछन् ।
आफ्नाी जीवन संगीनी श्रीमती होमकुमारीको गत भाद्रमा निधन भएकोमा सापकोटा दुःखी देखिन्छन् । कुराकानीकैक्रममा आफूले पाएका पदक प्रमाणपत्र र सम्मानपत्रहरु देखाउँदै सापकोटाले भने ‘आफू मर्ने वेला भैसक्यो, श्रीमती पनि गैसकिन्, तातो न छारो तारिफले के गर्नु र !’ तर तुरुन्त यस्तो अभिव्यक्तिलाई सच्याउँदै उनले थपे – हुन त दैवको लेखा कसैले मेटाउन क्दैन, हुने कुरा भैहाल्छ र यस्तो क्षण सबैले व्यहोर्नु नै पर्छ । थ्यसकारण मैले आफ्नो मनलाई पनि यसरी नै बुझाउने गरेको छु ।

भाष र संगीत कलाप्रति निकै सम्वेदनशील देखिने साम्वदेव सापकोटा अहिलेको पप् संगीतलाई सकारात्मक रुपमा लिदै भन्छन् –‘कोरा कपडालाई जस्तो रुप दियो त्यस्तै लुगा बनेजस्तै जुनसुकै संगीत पनि आखिर संगीत नै हो । मुख्य कुरो नेपाली भाषालाई हामीले बिर्सनुहुँदैन । मलाई नेपाली भाषमा सिर्जना भएका कुनै पनि गीतहरु राम्रै लाग्छन् । तर शास्त्रीय संगीतलाई आधार बनाएर तयार पारिएका गीतहरु अझ राम्रा हुन्छन् । यसतर्फ गीतहरु अझ राम्रा हुन्छन् । यसतर्फ उन्मूख गराउनका लागि क्रमिक सुधार गर्नुपर्छ र कसैलाई पनि डण्डा लगाएर कुनै पनि काम सफल हन सक्दैन ।

सरकारी तवरबाट संगीतका लागि खासै काम हुन नसके पनि व्यक्तिगत तवरबाट प्रशिक्षणका काम भैरहेको बताउने सापकोटालाई आफ्ना चेलाहरुमध्ये अजित गौतमले लगनशीलताका साथ सिखेको जस्तो लाग्छ । त्यसैगरी होमनाथ उपाध्यायले शास्त्रीय संगीत प्रशिक्षण कार्यमा राम्रो योगदान दिएको सापकोटाकोधारणा छ । त्यसो त सयौँ चेला गयार पार्ने कार्यमा गणेश भण्डारी, नरराज ढकाल, शम्भुप्रसाद मिश्र, मोहनसुन्दर लगायतका वरिष्ठ व्यक्तिहरुको नाम लिन पनि सापकोटा बिसिर्दैनन् ।

श्री ५ महाराजाधिराजको स्वर्ण जन्मोत्सवका अवसरमा वितरित पदक, गोरखा दक्षिण वाहु दोस्रो लगायत धेरै पदक र पशुपति संगीत कला प्रतिष्ठान, नारायण संगीत प्रतिष्ठान, कलानिधी महाविद्यालय किराँतेश्वर भजन मण्डललगायत दीप स्मृति पुरस्कारबाट समेत सम्मानित सापकोटाले शम्भुप्रसाद मिश्र र आफूले निरन्तर रुपमा कार्यक्रम देखाइरहने प्रण दोह¥याए ।

ताल र सुरमा वडा तेज गतिले आत्मालाई नै खिच्न सक्ने खालका शास्त्रीय संगीत बजाउने कलाकार मञ्चमा आए भने अति नै खुशी लाग्छ भनेर बताउने साम्वदेवले एक्लै बसेको वेला अतितलाई सम्झेर दुःखी हुन्छु भनेर आफ्ना मनका वेदना पोखे । तर पनि हाल छोराछोरीहरु आ–आफ्नो कर्तव्य पथमा लागिरहेको हुँदा आफूलाई सन्तोष भएको धारणा सापकोटाले व्यक्त गर्दै कुराकानी टुंग्याए ।

अझै पनि विभिन्न कार्यक्रमहरुका साथै रेडियोमा समेत पहिनैपिच्छे शास्त्रीयसंगीत रेकर्ड गराउन पग्ने यो जोडीको सांगीतिक यात्राले लामो समयसम्म निन्तरता पाइरहोस् यही हाम्रो कामना ।

कुशल गौतम

प्रतिक्रिया दिनुहोस्