मतदाता परिचयपत्र वितरण शुरु



नेपाल समाचारपत्र, हेटौंडा । आगामी आइतबार हुने स्थानीय तह पहिलो निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।

बिहीबार विहानदेखि जिल्लाका २ सय ९५ मतदान केन्द्रबाट परिचयपत्र वितरण सुरु भएको हो । मतदाता परिचयपत्र वितरण कार्य शुक्रबार र शनिबार पनि जारी रहनेछ ।

मतदाता परिचयपत्र लिन मतदाता आफैं मतदान केन्द्रसम्म पुग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र लिनका लागि मतदाताले आफ्नो नागरिकता लिएर जानुपर्नेछ ।
जुन केन्द्रमा मतदान गर्ने हो सोही केन्द्रमा मतदाताले परिचयपत्र प्राप्त गर्न सक्नेछन् । निर्वाचन आयोगले बिहीबार, शुक्रबार र शनिबार तीन दिन विहान ७ बजेदेखि सा“झ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण गर्न भनेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुर प्रमुख गोविन्दप्रसाद पौडेलका अनुसार मकवानपुरका केही मतदान केन्द्रमा सर्वदलीय सहमतिमा विहान १० बजेदेखि मतदाता परिचयपत्र वितरण गर्ने बताइएको छ ।
निर्वाचनका लागि खटिने कर्मचारीहरु बुधबार सा“झसम्म मकवानपुरका अधिकांश मतदान केन्द्रसम्म पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयले दुर्गम र सदरमुकामबाट टाढा रहेका मतदान केन्द्रका मतदान अधिकृत र कर्मचारीलाई मंगलबारदेखि निर्वाचन सामग्री वितरण गरी मतदान केन्द्रमा पठाउन सुरु गरेको थियो । बुधबार सा“झसम्ममा दुर्गम र टाढाका मतदान केन्द्रसम्म निर्वाचनमा खटिने कर्मचारीहरु निर्वाचन सामग्रीसहित पुगेका छन् ।
निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षाकर्मीको स्कर्टिङमा मतदान केन्द्रसम्म पु¥याइएको छ । सदरमुकाम हेटौंडाका नगरको मध्य र आसपास क्षेत्रका मतदान केन्द्रमा बिहीबार विहानदेखि कर्मचारीहरु खटिएका छन् । मकवानपुरमा एक हजार ८ सय कर्मचारी निर्वाचनमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्