माओवादीले जिते लोडसेडिङमुक्तः पोखरेल



नेपाल समाचारपत्र, हेटौंडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य लीलामणि पोखरेलले माओवादी केन्द्रले जिते देश लोडसेडिङमुक्तमात्र हैन, विद्युत् निर्यात गरेर नेपालको अर्थ समृद्धि गर्दै समुन्नत नेपाल हुने बताएका छन् ।
माओवादी केन्द्र हेटौंडा–४, कर्रामा चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले विद्युत् निर्यात गरेर नेपालबाट गरिबी हटाउन सकिने दाबी गरे । जनताको अधिकारलाई मुठ्ठीमा राख्न खोज्नेहरुलाई पराजित गर्न सचेत जनता एक भएर लाग्न जोड दि“दै उनले माओवादी केन्द्रलाई जिताउन आग्रह गरे । संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्ने शर्तमा मकवानपुरसहित देशभरका केही प्रमुख शहरमा नेपाली काग्रेसस“ग सहकार्य गरिएको उनले बताए ।
कार्यक्रममा उपमेयर उम्मेदवार बलराम बलले ३ दशक नगरमा शासन गर्नेहरुको सिण्डिकेट तोड्दै जनतालाई न्याय दिलाउने प्रतिवद्वता व्यक्त गरे । बलले भ्रष्टहरुको समूल अन्त्य गर्दै ५ वर्षभित्र देशको नमूना नगर बनाउने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्