चितुवाको आक्रमणबाट घाइते



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्साको ठोरी गाउँपालिकामा मंगलबारराती चितुवाको आक्रमणमा परि एकजना गम्भीर घाइते भएका छन् । ठोरी गाउँ पालिका वार्ड नम्बर ५ का ६५ बर्षीय कुल बहादुर खत्री गम्भीर घाइते हुनुभएको हो । खत्रीलाई राती साँढे ८ बजेको समयमा घरभित्र बसिरहेको अवस्था चितुवाले आक्रमण गरि घाइते बनाएको उहाँका भतिजा रन्जित कार्कीले जानकारी दिनुभयो ।

सुर्वणपुरको स्वास्थ्य क्लीनीकमा उपचारका क्रममा घाइते खत्रीको मुख, हात र नाकमा २४ वटा टाँका समेत लगाइएको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक इन्डेव चौधरीले जानकारी दिनुभयो ।

यसैबीच घाइते खत्रीलाई समान्य उपचारमा सहयोगको लागि सुवर्णपुर स्थित रहेको सुनाखरी उपभोक्ता समितीका अध्यक्ष देवि प्रसाद दहाल र सचीव जीवन श्रेष्ठले ५ हजार रुपपैया नगद सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्