विश्वकपमा अस्ट्रेलियाको ह्याट्रिक



लन्डन, (एजेन्सी)
अस्ट्रेलिया क्रिकेट टोलीलाई एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) क्रिकेटको महान टोली मानिन्छ । ओडीआई विश्वकपमा यिनीहरुको कीर्तिमान शायदै कसैले तोड्ला ? तोडेपनि त्यसका लागि धेरै समय लाग्नेछ । किनभने अस्टे«लियाले ५० ओभरका क्रिकेट विश्वकपमा ५ पटक उपाधि उचालिसकेको छ । जसमध्ये लगातार तीन संस्करण च्याम्पियन बनेर उपाधिमाथि ह्याट्रिक गर्ने कीर्तिमान समेत रचेको छ ।

अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ को विश्वकप जितेर ह्याट्रिक उपाधि हात पारेको थियो । त्यसलाई पन्छ्याएको वेस्ट इन्डिज र भारतले भने समान दुई–दुई पटक मात्र उपाधि जितेका छन् । यस्तै दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तान पनि एक–एक पटकका च्याम्पियन हुन् । यस हिसाबले अस्टे«लियाको कीर्तिमान अझै लामो समयसम्म टिकिरहने पक्का देखिन्छ ।

आईसीसी विश्वकप १९९९
सन् १९९६ को विश्वकप फाइनल हारेको स्टिभ वागको टोली अस्टे«लियाले यसपटक विश्व कप जितेको थियो । यसै विश्वकपमार्फत् सुपर सिक्स परिचित गराएको थियो । इंग्ल्यान्डमा भएको विश्वकपमा अस्टे«लियाले न्युजिल्यान्ड र पाकिस्तानसँग खेल हारे पनि त्यसपछि वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्डलाई हराएर सुपरसिक्समा स्थान सुरक्षित ग¥यो । सुपरसिक्समा टोलीले पराजय बेहर्नु परेन । सेमिफाइनलमा दक्षिण अफ्रिकासँग २ सय १३ रनको योगफल बराबरी भएपनि अस्टे«लियाले सुपर सिक्समा राम्रो स्थितिको आधारमा फाइनलको यात्रा तय गरेको थियो । फाइनलमा पाकिस्तानलाई आरामका साथ ८ विकेटले हराएर अस्टे«लियाले उपाधि जित्यो ।

आईसीसी विश्वकप २००३
उक्त प्रतियोगिता दक्षिण अफ्रिकाले पहिलो पटक आयोजना गरेको थियो । पहिलो पटक नै १४ टोलीले सहभागिता जनाए । तर इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएपछि रिकी पोन्टिङको टोली अस्टे«लियालाई राहत मिलेको थियो । श्रीलंकालाई सेमिफाइनलमा डीएल नियमको आधारमा हराएर भाग्यवश अस्टे«लिया फाइनलमा पुग्यो । फाइनलमा भारतलाई १ सय २४ रनले हराएर एकोहोरो जित हात पार्दै अस्टे«लिया लगातार दोस्रो पटक विश्व विजेता बन्यो ।

आईसीसी विश्वकप २००७
यस प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका थिए । क्यारिबियनमा भएको विश्वकपको उपाधि जित्दै अस्टे«लियाले ह्याट्रिक गर्न सफल भएको थियो । यसपटक फाइनलमा दक्षिण एसियाली राष्ट्र श्रीलंका पुगेको थियो । रिकी पोन्टिङको टोलीले अघिल्ला दुई विश्वकप फाइनलमा दक्षिण एसियाकै टोली क्रमशः पाकिस्तान र भारतलाई हराएको थियो । यी दुई टोली समूह चरणबाटै बाहिरिएका थिए ।

यसै विश्वकप दौरान पाकिस्तानका कोच बब वूल्मरको असामयिक निधन भएको थियो । उनी बसेको होटेलमा मृत अवस्थामा फेला परेको थियो । वर्षाको कारण फाइनल खेल ३८ ओभरमा छोट्याएको थियो । धमिलो प्रकाशमै खेलाइएकोले यो फाइनल खेल विवादास्पद भएको थियो । अन्धकारमा श्रीलंकाले २ सय ८२ रनको लक्ष्य भेटाउन नसक्दा अस्टे«लिया ५३ रनले विजयी भयो र ह्याट्रिक उपाधि पनि पुरा ग¥यो ।

प्रतिक्रिया दिनुहोस्