फेमिलियरको प्रदेशस्तीय सेमिनार सम्पन्न



काठमाडौं । वल्र्ड मार्ट युनिक सोलुसन प्रालीले प्रदेश नम्बर ४ स्थित पोखरामा सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा सौन्दर्य व्यवसायी, सौन्दर्य विद्, आय’ वेर्दिक विज्ञ, मेडिकलसँग सम्न्धित व्यवसायी र विभिन्न क्षेत्रबाट व्यवसायी उपस्थित रहेको थियो । फेमिलियर प्रदेशस्तरीय सेमिनार कार्यक्रमको प्रमुख अथिति मिना गुरुङले प्रदेश नम्बर ४ मा भएको स्रोतसाधनको उच्चतम प्रयोग गर्दे स्वदेशी उत्पादनमा फेमिलियर ब्राण्डसँग सहकार्य गर्न प्रदेश सरकार तयार भएको बताइन् । स्वदेशी उत्पादनलाई र उद्योगलाई प्राथमिकतामा राख्न र सहयोग गर्ने सम्बन्धमा प्रदेश सरकार समक्ष आफूले आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन ।

वरिष्ठ सौन्दर्यविद् समेत रहेकी गुरुङले कार्यक्रममा भनिन, ‘वार्षिक अर्बौ रुपैयाँ सौन्दर्यप्रशाधनको सामान आयात गर्न मात्र बाहिरिने गरेको छ, यसलाई रोक्न हामीले दैनिक रुपमा प्रयोग गर्ने साबुन, स्याम्पु, तेललगायत स्वदेशी कम्पनीको प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा कम्पनीका अध्यक्ष सुमन दाहालले प्रदेश नम्बर ४ मा नमुना जडीबुटी खेतीसहित प्रशोधन उद्योग सञ्चालनको तयारी भएको बताए ।

सरकारसँग सहकार्यमा स्वदेशी स्रोतसाधनको प्रयोगबाट उद्योग सञ्चालन गरी विभिन्न वस्तु उत्पादन गरी अन्तरािष्टय बजारसम्म लैजाने कम्पनीको लक्ष्य रहेको छ । मुलुकको समृद्धिको आधार भनेको जल, जडीबुटी र जमिन भएकोले यस क्षेत्रमा भएको उच्च सम्भावनालाई कार्यान्वयन गर्न नीजि क्षेत्र सरकार र जनसहभागिता तीनै पक्षको भुमिका महत्वपूर्ण हुने दाहालको भनाई छ । यसका लागि नीजि क्षेत्रबाट फेमिलियरले स’रु गरेको जडीबुटीको क्षेत्रमा काम गर्न सरकारलाई आह्वान समेत गरे ।

कार्यक्रमा फेमिलियरले फेमिलिएर इन्डस्ट्रिज गुप्रको (एफआईजि)अवधारणा अन’रुपकेन्द्रमा नमुना जडीबुटी एवंम कृषि खेती सहतिको प्रशोधन उद्योग र प्रदेश सरकारसँगको सहकार्यमा ४ प्रदेशमा नमुना जडीबुटी एवम कृषि खेती सहित प्रशोधन युनिट सञ्चालन गर्ने घोषणा गरेको छ । सो कार्यक्रममा अध्यक्ष दाहालले देशभरबाट ११ सय जना सेयर होल्डरहरुको प्रतिनिधत्व रहने १ अर्ब १० करोडको कार्यक्रममा ४ नम्बर प्रदेशबाट १ सय जना संस्थापक सेयर होल्डर बन्न अवसरको सदुपयोग गर्न पनि आह्वान गरेका थिए ।

कार्यक्रम राष्टिय सौन्दर्यकर्मी युनियन नेपालकी अध्यक्ष स’मनदेवी ग’रुङले स्वदेशी जडीबुटीको प्रयोगबाट स्वदेशी वस्त’ उत्पादनको अभियान लागेको फेमिलियरसँग सहकार्य गर्न आफ’ तयार रहेको बताइन् । फेमिलियरले स्वदेशी स्रोतसाधनको प्रयोगबाट विभिन्न आयुवेर्दिक सौन्दर्य प्रशाधन, मसला, खाद्य तथा दैनिक उपभोग्य सामान उत्पादन र वजारीकरणमा गर्दे आएको छ । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तिले स्वदेशी उत्पादन प्रयोग र प्रवद्र्धनलाई जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्