हिमालयन ह्वाईट हाउस सेमिफाईनलमा



काठमाडौ, (नेस)
हिमालयन ह्वाईट हाउस कलेज मूलपानीमा जारी अस स्टडीज प्लस टु टि २० क्रिकेट लिग को सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा जुद्ध उमावि रौतहटलाई ३५ रनले पराजित गर्दै हिमालयन अन्तिम चारमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ३६ रन जोडेको थियो । टोलीका लागि अनुज रोक्काले सर्वाधिक ३१ रन बानाए । जुद्ध उमावि भने १ सय १ रनमै समेटिएको थियो । म्यान अफ द म्याच हिमालयनका ४ विकेट लिएका आरियो पौडेल घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्