विदेशमा पाँच वर्ष एलर्जीको उपचार



बुडापेस्ट, (एजेन्सी)
हंगेरीमा बिदा मनाउन जाने क्रममा बियाँ खाँदा एलर्जी भएर गम्भीर बिरामी हुन पुगेकी एक महिलालाई ५ वर्षसम्म उपचार गरी बेलायतस्थित आफ्नो घरमा फर्काइएको राजधानी बुडापेस्टको एक अस्पतालले शुक्रबार जनाएको छ।
सन् २०१४ मा साथीहरुसँगै घुम्न बुडापेस्ट आइपुगेकी ३१ वर्षीया आमी मे सिद नामक महिला मलाको बियाँ रहेको कुखुराको मासुको परिकार चाख्ना साथै एनाफाइलाक्टिक सकको शिकार भएकी थिइन्।

अब उनले बेलायतको वेस्सेक्सको वेस्टक्लिफ अन सि स्थित आफ्ना मातापिताको घरमा विशेष स्वास्थ्य उपचार गराउने भएकी छिन्। उनकी आमा सुले छोरी घर फर्केकीमा निकै खुसी व्यक्त गरेकी छिन्।

बुडापेस्टको एउटा रेस्टुरेन्टमा सो खाना खाए लगत्तै कडा एलर्जीका कारण उनको बाँया मस्तिष्कमा आंशिक पक्षघात भएपछि उनी राम्ररी बोल्नसमेत नसक्ने स्थितिमा पुगेकी थिइन्। आईटिभीका पूर्व प्रोड्युसर उनले बियाँ एलर्जीकै कारण स्कुल र युनिभर्सिटी पढ्दाखेरिदेखि साथमा औषधि बोकेर हिँड्ने गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्