अन्ततः सुप विश्वविद्यालय प्राध्यापक संघले पायो पुर्णता



मनोज भट्ट, महेन्द्रनगर ।
लामो सघर्ष पछि सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ गठन भएको छ । एक दशकको लामो सघर्ष पछि प्राध्यपकहरुको सयुक्त संघ गठन गरिएको हो ।

सोमवार उत्तम बहादुर थापाको संयोजकत्वमा ११ पदाधिकारी सहितको सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन भएको छ । केन्द्रीय क्याम्पस लगायत १५ ओटा आंगिक क्याम्पसका प्राध्यापहरुको छाता संगठनले पुर्णता पाएको हो । केन्द्रीय क्याम्पसका ११ जना प्रतिनिधि र अन्य १५ आंगिक क्याम्पसका २३ जना प्रतिनिधिहरु लगायतका अन्य प्राध्यापकको बन्दसत्रबाट विश्वविद्यालयको प्राध्यापक संघको टुङ्गो लागेको हो ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसका १ सय १० जना प्राध्यापक मध्ये १ सय ५ जना प्राध्यापक र अन्य १५ ओटै आंगिक क्याम्पसका प्राध्यापकहरुको वैधानिक तवरले र्निविरोध गठन भएको संगठको सभापतिमा केद्रीय क्याम्पसका प्राध्यापक उत्तम बहादुर थापा, उपसभापतिमा केन्द्रीय क्याम्पसकै मदन बोहरा, महासचिवमा टिकापुर बहुमुखी क्याम्पस, कैलालीका खेमराज सुवेदी, सचिवमा डोटीका दिपक साउँद, कोषध्यक्षमा जयपृथ्वी, बझाङका ईश्वर हमाल, र सदस्यहरुमा केन्द्रीय क्याम्सका विरेन्द्र भट्ट, गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुलाका मदन चन्द, जगन्नाथ बहुमुखी क्याम्पस, बैतडीका मानबहादुर चन्द, मणीलेख बहुमुखी क्याम्पस, बैतडीका भीमसिंह धामी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरीयाका मानबहादुर पाल र टिकापुर बहुमुखी क्याम्पस, कैलालीका धनकृष्ण उपाध्याय रहेका छन् ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले नेपाल प्राध्यापक संघका लागि ७ जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय क्याम्पस महेन्द्रनगका खगेन्द्र जोशी, पुष्पराज जोशी, पृत बहादुर बिष्ट, महेन्द्रबहादुर चन्द, टिकापुर बहुमुखी क्याम्पस, कैलालीका जगत रावल, नाथुराम चौधरी र बडिमालिका क्याम्पस, बाजुराका धर्मराज जोशीलाई चयन गरिएको छ ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको बन्दसत्रका लागि नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्