राष्ट्रिय सभा निर्वाचन : हर्क साम्पाङले पनि मतदान नगर्ने



काठमाडौं  ।

राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका धरान उपमहानगरपालिकाका प्रमुख  हर्क साम्पाङ राईले भने मतदान नगर्ने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । प्रमुख साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् ।

बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै काठमाडाैं महानगरकाका मेयर बालेन शाहले मतदान नगर्ने बताएका छन् । नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएका छन्  ।

प्रतिक्रिया दिनुहोस्