जाजरकोटका भूकम्प पीडित र हिकमत बादी आश्रमलाई आर्थिक सहयोग



काठमाडौं ।

हेल्प फर नेपाल र अक्सफोर्डशायरमा बसोबास गर्ने नेपालीहरुले जाजरकोटका भूकम्प पीडितलाई ६ लाख र सुर्खेतको हिकमत बादी आश्रमका बालबालिकाको लागि १ लाख बराबरको आर्थिक सहयोग गरेका छन्  ।

 जाजरकोटमा गएको बिनासकारी भूकम्प पीडितहरुलाई राहत पुराउने उद्देश्यले संकलन गरेको हेल्प फर नेपालको प्रत्यक्ष संलग्नता र नेपाल रेड क्रोसको सहयोगमा हेल्प फर नेपालका उपाध्यक्ष तथा नेपाली समुदाय अक्सफोर्डशायरक संस्थापक अध्यक्ष चित्र थापाले काठमाडौँदेखि राहतका समान लिएर झन्दै २ दिनको लामो यात्रापछि जाजरकोटको बारेकोट गाँउपालिका लिम्से पुगी पीडितलाई केही राहत वितरण गरेका हुन्  ।

बाँकी राहतका सामानहरु आवश्यकताको आधारमा वितरण गरिदिनकाे लागि गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरेका छन् । भूकम्प पीडितलाई राहत पुर्याएर फर्किने क्रममा चित्र थापाले हेल्प फर नेपालको तर्फबाट सुर्खेतको हिक्मत बादी आश्रममा भएका अनाथ बालबालिकाहरुलाई पनि १ लाख बराबरको जाडोमा लगाउने न्यानो स्कुल स्वेटर वितरण गरेका हुन् ।

र्हेल्प फर नेपालका अध्यक्ष अवका शप्राप्त कप्तान तुलसी पौडेलले भुकम्प पीडितको सहयोगमा राहत संकलनदेखि वितरणसम्म सहयोग पर्याउनुका   साथै बादी आश्रममा भएका अनाथ बालबालिकाहरुको लागि न्यानो कपडा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छन् ।

अध्यक्ष पौडेलले काठमाडौँमा राहतका समान स्थानीय प्रसानसँग समन्नय गरी राहत पीडित समक्ष्य पुराउन सहयोग गर्ने  नेपाल रेड क्रोसका महासचिव श्री दिपेन्द्र ढकाल लगाएत स्वयंसेवक दीपक घिमिरे, तिर्थ, सन्तोष साथै होम प्रसाद न्यौपाने अनि किशन पुनलाई धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्