ललितपुरको झम्सिखेलमा प्रहरीले चलायाे गोली



काठमाडौं ।

ललितपुरको झम्सीखेलमा प्रहरीले गोली चलेको छ। ललितपुर महानगरपालिका-१४ झम्सीखेलमा प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ। उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागु औषध पनि बरामद गरेको एसपी रेग्मीले बताए। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्