प्रहरीद्वारा पटाका नष्ट



उदयपुर । 

जिल्ला प्रहरी कार्यालय  उदयपुरले बजारमा बिक्री वितरण गर्नका लागि लुकाई छिपाई ल्याइएको बारुद जन्य पटाका पक्राउ गरी नष्ट गरेको छ ।
प्रहरीका अनुसार उदयपुर जिल्लाका विभिन्न बजारमा बिक्री गर्न ल्याइएका पटाकाहरु आइतबार पक्राउ गरेको र ११ हजार २ सय ६० थान बारुद जन्य वटाका नष्ट गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय  उदयपुरले सञ्चालन गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप परिचालित प्रहरी टोलीले सो बारुद जन्य पटाका जिल्लाको विभिन्न स्थानबाट बरामद गरी नष्ट गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्