ट्रकको ठक्करबाट एकजनाको मृत्यु



बाँके।

काँकेको कोहलपुरमा ट्रकले ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले बुधबार राति कृषि चोकमा ठक्कर दिँदा चुदाराको घट्नास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्