संगीतमा तिम्रो याद



गायक डा. दामोदर पाण्डेको स्वरमा नयाँ गीत तिम्रो याद भिडियोसहित सार्वजनिक भएको छ।

नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ। गीतमा उपेन्द्रलाल सिंहले संगीत भरेका छन् भने गीतको एरेन्जको प्रमोद परियारले गरेका छन्।

भिडियोको निर्देशन भने निर्देशक सान थापाले गरेका हुन। मोडल विकास लामिछाने र स्मारिका ढकालले अभिनय गरेको भिडियोमा छायांकन बुद्ध थापाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्