गरिमा बैंकलाई कामना सेवा फुटसल कप



काठमाडौं, (नेस)  ।

कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा तेस्रो अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप आयोजना गरेको छ । सो प्रतियोगिताको उपाधि गरिमा विकास बैंकले जितेको छ ।

पुरुषतर्फ फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधि जितेको हो । प्रतियोगितामा पुरुषतर्फ १२ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टिमलाई कामना सेवा बैंकको तर्फवाट ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेको गरिमा विकास बैंकका खेलाडी सौगात दिप सिंह उत्कृष्ट गोलकिपर र विशाल बानिँया उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्