जाजरकोट भूकम्प अपडेट : सरकारले घाइतेकाे उद्दारका लागि स्वास्थ्यकर्मीसहितकाे हेलिकाेप्टर पठाउँदै



A helicopter flies in Brazil in 2014. Some helicopter trips — like personal or private helicopter rides — are more likely than others to end in a fatal accident.

काठमाडौं ।

सरकारले जाजरकोट र रुकुमका भुकम्प प्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो । भूकम्पका घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्