ओखलढुंगा र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ



काठमाडौं ।

ओखलढुंगा र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका-५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्