हतियार देखाई लुटपाटमा संलग्न व्यक्तिहरु हतियारसहित पक्राउ



काठमाडौं।

हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई हतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलान, सर्लाही लालबन्दी नगरपालिका-१५ घर भई काठमाडौं काँडाघारी बस्ने ३६ वर्षीय सान्ता लो तामाङ र सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-२ घर भई काठमाडौं गोकर्णेश्‍वर बस्ने ३० वर्षीय जितेन लामा रहेका छन् ।

काठमाडौं बौद्ध एरियामा विभिन्न व्यक्तिहरुलाई हतियार देखाई डलर तथा सुन लुटपाट गर्ने हतियारधारी समुह रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरूले पेस्तोल निकाली प्रहरीलाई नै लक्षित फायर गर्न लाग्दा प्रहरीको जवाफी कारवाहीमा एक जनालाई खुट्टामा गोली लाग्न गई घाइते भएको र अन्य २ जनालाई भाग्ने क्रममा नियन्त्रणमा लिएको हो ।

साथै मेड इन युएसए लेखेको पेस्तोल १ थान, सो को गोली ७ राउण्ड, ताला काट्न प्रयोग हुने फलामको कैंची १ थान तथा बा.८८ प ४०३१ नम्बर र बा.८९ प २३१७ नम्बरका २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्