मिलनलाई न्याय नमिले सुटिङ रोक्ने चेतावनी



नेपाल चलचित्र प्राविधिक संघले फिल्म सम्पादक मिलन श्रेष्ठलाई न्याय नभए फिल्मको छायांकन रोक्ने चेतावनी दिएको छ।

संघका अध्यक्ष पुष्कर लामाले फिल्म सम्पादक श्रेष्ठले न्याय नपाए आफूहरूले कुनै पनि फिल्मको छायांकन नगर्ने चेतावनी दिएका हुन्। फिल्म प्रसाद–२ को सम्पादन गरेकै कारण विनाकारण सम्पादक श्रेष्ठलाई मुद्दा मामिलामा फसाइएको जनाउ“दै लामाले मुद्दा फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

लामाले आगामी दिनमा प्राविधिकको रकम चुक्ता नगर्ने निर्माता, निर्देशक, कलाकारका फिल्ममा समेत प्राविधिकले काम नगर्ने चेतावनी दिएका छन्। फिल्म प्रसाद–२ का सम्पादक श्रेष्ठ र निर्देशक सुदर्शन थापाविरुद्ध उक्त फिल्मका निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको उजुरी दिएका कारण प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। निर्माताहरूबीचको लेनदेन विवादमा यस्तै, उजुरीका कारण तेस्रो पक्षलाई मुछ्दै उजुरी दिएका कारण बिना कारण पक्राउ परेका ओएसआरका सञ्चालक ओम अग्रवाल रिहा भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्