भूकम्पले क्षति भएका संरचनाकाे तत्काल पुनर्निर्माण गर्छौं : प्रधानमन्त्री (भिडियो सहित)



बझाङ।

बझाङ जिल्ला केन्द बिन्दु भएर आएको भूकम्पबाट क्षति भएको बस्तीमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाेलीले शुक्रबार अवलोकन निरीक्षण गरेका छन्।

शुक्रबार हेलिकप्टर मार्फत बझाङ आएका प्रधानमन्त्री साथै गृहमन्त्री नारायणकाजी क्षेष्ठ,रक्षा मन्त्री पुर्णबहादुर खड्का,परराष्ट्र मन्त्री एनपी साउद लगायत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह लगायत सरकारका व्यक्तिहरूले सदरमुखकाम चैनपुरमा भूकम्पबाट क्षति भएका घर टहरा र सार्वजनिक भवनहरूकाे स्थलगत निरीक्षण गरेको हो ।

बझाङ जिल्लामा असाेज १६ गते ६.३ रेक्टरकाे भुकम्प आएर एक जनाकाे मृत्यु सहित २० जना घाइते भई अन्य व्यक्ति र सार्वजनिक संस्थाका भवन गरी जिल्लामा पूर्ण क्षति १ सय ५८ घर आंशिक क्षति ५ सय ५३ घर,सामान्य क्षति ५सय ३५ घर क्षति भए पछि सङ्घीय सरकार र प्रदेश सरकारकाे टोली बझाङ आएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालकाे टाेलीले क्षति भएका भौतिक संरचना र जिल्लाको क्षतिकाे बारेमा बुझबिस्तार गरेपछि जिल्ला प्रशासन कार्यालय बझाङमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा सरकारबाट भूकम्पबाट क्षति भौतिक संरचनाकाे तत्काल  पुनर्निर्माण गरिनुका साथै राहत वितरणका लागि कुनै पनि कसुर नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै प्रधानमन्त्रीले ५ वटा ट्रकमा विभिन्न राहत सामाग्रीहरू आइरहेको बताउँदै पीडित परिवारहरूलाई तिनै तहको सरकारबाट आवश्यक सामग्रीहरू दिने पनि बचनबद्धता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा गरिएकाे अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भत्केका घरहरूकाे तत्काल प्राविधिक टोली पठाएर अवस्था बुझविस्तार गरी घरहरूकाे पुन: निर्माण गर्नका लागि आवश्यक रकम उपलब्ध गरिने पनि बताए ।

मृतक परिवारलाई २ लाख राहत दिने र घर क्षति भएका परिवारहरूलाई ५० हजार र सामान्य क्षति भएका परिवारलाई १५ हजार तत्काल राहत दिने पनि घोषणा गरेका छन् ।

गतवर्ष बाढिपहिराेबाट क्षति भएका परिवारलाई सरकारबाट उचित राहत र पुन निर्माणकाे काम नभएको जनगुनासो गरिरहेका बझाङ बासीहरूले अहिलेको भूकम्पबाट क्षति भएका व्यक्ति परिवारहरूलाई सरकारले दिने राहतमा ढिला सुस्ती नगर्न जिल्ला बासीका तर्फबाट प्रतिनिधि सभा सदस्य माननीय भानुभक्त जोशीले सुझाव दिएका थिए ।

भूकम्पले पारेको अवस्थाबारे बुझबिस्तार गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालकाे टोली र प्रदेश सरकारका मुख्यमन्त्री सहितकाे टोली आजै फिर्ता भएको छ  । २०३७ साल पछिको बझाङमा ठुलाे भूकम्प आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्